सरिफविरुद्ध अर्को मुद्दा

काठमाडौं : पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफलाई पुनः अर्को मुद्दा लागेको छ । उनी विरुद्धमा भ्रष्टाचारको अर्को मुद्दा दर्ता गरिएको पाकिस्तानी अधिकारीहरुले बताएको विभिन्न अन्तराष्ट्रिय संचार माध्यममले जनाएको छ । भ्रष्टाचार विरुद्धको अनुसन्धान गर्ने सरकारी निकायले उनलाई मुद्दा हाल्ने तयारी गरेको हो ।
राष्ट्रिय उत्तरदायी विभागले नवाजसँगै उनका पूर्व निजी सचिव फवाद हसन फवाद, पूर्व संघीय मन्त्री अशन इक्बाल, पूर्व विदेश सचिव एजाज चौधरी र पूर्व गुप्तचर विभाग प्रमुख अफ्ताब सुल्तान विरुद्ध पनि मुद्दा चलाउन लागिएको पाकिस्तानी पत्रिका डनले जनाएको छ ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भ्रष्टाचारका अन्य घटना केही दिनमा सार्वजनिक गर्ने बताएको केही दिनमा सरिफको मुद्दा दर्ता प्रक्रिया अघि बढेको हो । पूर्व प्रधानमन्त्री ७० बर्षीय नवाज सरिफ पाकिस्तान मुस्लीम लिग (नवाज)को तर्फबाट प्रधानमन्त्री भएकै बेला यसअघि सन् २०१७ बाट सर्वोच्च अदालतको आदेशमा अपदस्त भएका हुन ।
शक्तिमा रहँदा उनले ठूलो अनियमितता गरेको ठहर पाकिस्तानको अदालतले गरेको छ । यस्ता ब्यक्ति पदमा बसिरहन नमिल्ने ठहर गरेपछि उनी प्रधानमन्त्रीपदबाट अपदस्त भएका थिए । त्यसदेखि नियन्त्रणमा रहेका नवाज गम्भीर अस्वस्थ भएकाले केही महिना देखि बेलायतमा उपचारार्थछन । यसअघि उहाँकी श्रीमतीको पनि उपचारकै क्रममा बेलायतमै निधन भएको थियो ।
सेवा निवृत्त न्यायाधीश जाभेद इक्बालको अध्यक्षतामा बसेको विभागको बिहीबारको बोर्ड बैठकले ११ जना विरुद्ध मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो । उनीहरुमाथि विदेशी अतिथिको सवारीमा प्रयोग गर्ने गरी खरिद गरिएका ७३ ओटा सवारी साधन खरिदमा अनियमितता गरेको आरोप छ । तर ती सवारी साधन व्यक्तिगत प्रयोगमा लगाएका र करिब १९ करोड ५२ लाख पाकिस्तानी रुपैयाँ अनियमितता गरेको बोर्डको भनाइ छ । (एजेन्सीबाट)

चिनिया बिदेश मन्त्रीले भनेः चीन इरानकाे समर्थनमा उभिन्छ

युद्दमा १३८ इरानीको मृत्यु, इजरायलको ३ लडाकु विमान ध्वस्त
इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह
इरानद्वारा इजरायलमा जवाफी आक्रमण
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_CBdY5aGYuT_nu6aezqcnskef2fs9fovt8q1ob3mpsp1fd0tzwqiwccmg8zjwqpq8joiiyqx.jpg)
टेक्सासमा बाढीले १० जनाको मृत्यु

बंगलादेशमा फ्रेबुअरीमा निर्वाचन गराउने युनुसको घोषणा

पाकिस्तानी सेना प्रमुखलाई ट्रम्पको बिशेष सम्मान, बोलाए अमेरिका

प्रतिक्रिया