गिल, पूजारा र पन्तको अर्धशतक

ब्रिसबेन : अष्ट्रेलियासँगको चौथो तथा अन्तिम टेस्टमा भारतका तीन जना व्याट्सम्यानले अर्धशतक बनाएका छ्न । चौथो टेस्ट जित्न ३ सय २८ रन पछ्याएको भारतका लागि शुभमान गिल, चेतेश्वर पूजारा र रिषभ पन्तले अर्धशतक बनाएका हुन् ।
अष्ट्रेलियाका विश्वस्तरीय बलरहरुको चुनौति पन्छाउदै गिलले ९१, पूजाराले ५६ र पन्तले पनि अर्धशतक बनाए । चार खेलको श्रृङ्खला एक एकको बराबरीमा हुँदा निर्णायक मानिएको चौथो टेस्टमा भारत जिततर्फ अग्रसर भएको छ ।
पहिलो पालीमा अष्ट्रेलियाले ३ सय ६९ रन बनाउँदा भारतले ३ सय ३६ रन बनाएको थियो । दोस्रो पालीमा अष्ट्रेलियाले २ सय ९४ रन बनाउँदा भारतले ३ सय २८ रनको लक्ष्य पाएको हो । ब्रिसबेनमा जारी चौथो टेस्ट जिते भारतले किर्तिमान बनाउनेछ । (इएसपीएन क्रिकइन्फोको सहयोगमा)

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया