महालक्ष्मीको संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाडौं : महालक्ष्मी विकास बैंकले संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । पुस १५ मा बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको थियो ।
बैंकको हाल कायम रहेको संस्थापक सेयरधनी र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ५२.४९ र ४७.५१ छ । यो अनुपात ५१:४९ कायम गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय भएको हो ।
संस्थापक समूहमा परेका सेयरधनीले आफ्ना सेयरहरू अर्को समूहमा परिणत गर्न नचाहेमा लिखित रुपमा स्वघोषणा विवरण पेश गर्नुपर्ने व्यवस्था छ । सेयरधनीहरूले ३५ दिनभित्र त्यस्तो विवरण पेश गर्नुपर्ने बैंकले जानकारी दिएको छ ।

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

सुनको मूल्य बढ्यो

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

प्रतिक्रिया