बिहीबार २९ जेठ, २०८२
Thursday, June 12, 2025

रुकुममा कांग्रेस र नेकपा दाहाल-नेपाल समूहबीच झडप, प्रहरीद्वारा १७ राउण्ड हवाइ फायर

वडा अध्यक्षसहित चार घाइते

फाइल तस्बिर

काठमाडौं :  रुकुम पश्चिममा दाहाल–नेपाल समूहको नेकपा  र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका ९ राडी बजारमा झडप भएको हो ।  उनीहरुबीच आज (मंगलबार) बिहानैबाट झडप भएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्याँस र १७  राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।  

झडपमा तीन प्रहरी घाइते भएको जिप्रका रुकुम पश्चिमका प्रमुख डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।  घाइते हुनेमा प्रहरी नायब निरीक्षक मक्कर राना,  प्रहरी जवान महली चौधरी र बलबहादुर बिक छन् ।  दुई समूहबीच सोमबार (हिजो) देखि विवाद बढेको थियो । त्यस्तै वडा नम्बर ९ का  वडाअध्यक्ष तारक शाही पनि घाइते भएको प्रहरीले जनाएको छ । घाइते तीन प्रहरी प्रदर्शनकारीले हानेको ढुंगाले लागेर घाइते भएका हुन् ।