इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा बन्याे नयाँ रेकर्ड

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपोओ) आवेदनमा नयाँ रेकर्ड बनेको छ । बैंकको आईपोओमा १५ लाख २९ हजार ४६० जनाले १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका लागि आवेदन दिएका हुन् । यो अहिलेसम्मकै धेरै संख्या हो । ८ अर्ब रुपैयाँको आईपीओका लागि १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रकमको माग भएको बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ ।
बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासनको बिक्री गत शुक्रबारदेखि आजसम्म गरेको थियो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जाने बैंकले जनाएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया