जापान र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता

काठमाडौं : एसियाली आर्थिक जायन्ट जापान र पुरानो शक्ति बेलायतबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौता भएको छ । बेलायत युरोपियन युनियन (ईयू)बाट छुट्एिपछि जापानसँग शुक्रबार भएको यो हस्ताक्षर आफैंमा अर्थपूर्ण छ । यो सम्झौतालाई सबैभन्दा महत्वपूर्ण व्यापार सम्झौताको रुपमा लिइएको छ ।
जापानसँगको यो सम्झौताले आपसी व्यापार करिब २० अर्ब डलर वृद्धि हुने अपेक्षा गरिएको छ । यस सम्झौताले बेलायती कम्पनीहरुलाई जापानमा व्यापार र व्यवसाय गर्न सहज हुने धारणा पनि बेलायती संचारमाध्यममा उल्लेख छ ।
जापानले यसअघि ईयूसँग स्वतन्त्र व्यापार सम्झौता गरेको थियो । त्यतीबेला बेलायत पनि ईयूको सदस्य थियो । ईयूबाट बेलायतको बहिर्गमन भएको र त्यो सम्झौता आगामी डिसेम्बरसम्म मात्र रहेकाले बेलायत र जापानबीच नयाँ सम्झौता भएको हो ।
जापान र बेलायतबीच भएको व्यापार सम्झौतालाई दुबै मुलुकका संसदले अनुमोदन गरेपछि आगामी सन् २०२१ बाट लागू हुनेछ । जापानको संसदले अर्को साता नै यो सम्झौता अनुमोदन गर्ने सम्भावना छ । जापानबाट बेलायतमा यसअघि वार्षिक करिब १४ अर्ब डलर बराबरको वस्तु तथा सेवा निर्यात हुने गरेको छ जसमा अधिकाँश सामान सवारी साधन, तिनका पार्टस् र अन्य मेसिनरी रहेका छन् ।
नयाँ सम्झौता अनुसार बेलायतको योर्कशायर ल्याम्ब जापानमा बिक्री खुला हुनेछ भने जापानको मोटर निर्माता निसानका अटो पार्टस् बेलायतमा निकासी गर्न सहज हुने उल्लखे छ । यी दुबै सामग्रीमा लाग्दै आएका करका दरहरुमा व्यापक कटौती हुने समेत सम्झौतामा उल्लेख छ । यसले दुवै मुलुकको आर्थिक गतिशिलतालाई मद्दत पु-याउने छ ।
सम्झौता समारोहमा सम्बोधन गर्दै बेलायतका अन्तर्राष्ट्रिय व्यापार मन्त्री लिज ट्रसले उदाउँदो सूर्यको देश जापानसँग स्वतन्त्र व्यापार सम्झौता गर्न पाउँदा आफूहरुलाई खुशी लागेको बताए । उनले एक स्वतन्त्र हैसियतमा व्यापार गर्न खुला भएको बेलायतका लागि जापानसँगको सम्झौता ऐतिहासिक रहेको पनि बताए ।
वित्तीय सेवाहरुले जापानमा बेलायती सामानको बिक्रीमा व्यापक सुधार हुने अपेक्षा गरेका छन् । अहिल्यै बेलायतको कूल निकासीमध्ये २८ प्रतिशत जापानमा हुने गरेको छ । बेलायतबाट आयात हुने कोट र जुत्ता, स्टिलटन चिज, सुँगुरको मासु र बिस्कुट समेतका सामानमा जापानी बजारमा अझ सस्तिने छन् ।
सम्झौता समारोहमा बोल्दै जापानका विदेशमन्त्री तोसीमिचु मोटेगीले विगतदेखि बेलायतसँग रहँदै आएको व्यापारिक सम्बन्ध थप सुदृढ हुने बताउँदै ई–कमर्श र वित्तीय सेवा समेत जापानमा विस्तार हुने बताइएको छ । (एजेन्सीबाट)
भारतको ‘अप्रेशन सिन्दूर’विरूद्ध पाकिस्तानले सुरु गर्यो ‘बुनयान-उल-मरसूस’

ट्रम्प मध्यपुर्वमा निस्कनुअघि अमेरिकन रक्षा सचिवको इजरायल भ्रमण रद्द

भारतका ७७ ड्रोन खसालेको पाकिस्तानको दावी

मस्को परेडपछि पुटिनले भेटे उत्तरी कोरियाली सैनिक, दिए धन्यवाद

गाजामा दुई इजरायली सैनिकको मृत्यु, तीन घाइते

गाजामा मानवीय सहायता : इजरायलले वितरणमा भाग नलिने, सुरक्षा मात्र दिने

प्रतिक्रिया