मर्चवारमा आगो लगाएर युवाको हत्या, शव पहिचान अझै भएन

बुटवल : नेपाल-भारत सीमा नाका पर्ने रुपन्देहीको मर्चवारमा एक युवाको हत्या भएको छ । शरीरमा मट्टितेल खन्याएर आगो लगाएर हत्या गरिएको अवस्थामा मायादेवी गाउँपालिका-७ गरगट्टी गाउँको पश्चिम दानवनदी नजिकैको खेतमा अन्दाजी ३५ वर्षीय युवकको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रवीण पोखरेलका अनुसार आगोले शरीर जलेको अवस्थामा हत्या गरिएको शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नेपाल-भारत सीमा नजिकै बर्बर हत्या भएको अवस्थामा शव भेटिएपछि नेपालगञ्जबाट तालिम प्राप्त कुकर ल्याएर थप अनुसन्धान शुरु गरिएको छ ।
घटनास्थलमा प्लाष्टिकको पाइप र रगत पनि देखिएको प्रहरीले जनाएको छ । युवाको हत्या गरेपछि हत्यामा संलग्नहरु भारततिर भागेको हुन सक्ने अनुमान गरिएको छ । शवको पहिचान हुन सकेको छैन ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया