शनिबार १७ साउन, २०८२
Saturday, August 02, 2025

प्राइम लाइफको लाभांश खातामा

काठमाडौं : प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्‍ना सेयरधनीको खातामा नगद लाभांश जम्‍मा गरेको छ । कम्पनीले नगद लाभांश सेयरधनीहरूको हितग्राही खातामा जम्‍मा गरेको जानकारी दिएको छ ।

गत पुस २७ गते सोमबार १३औं वार्षिक साधारण सभाबाट पारित भएको लाभांश खातामा जम्मा गरेको हो । बोनस सेयर र नगद लाभांशमा लाग्ने कर समेत गरी हालको चुक्ता पूँजीको ८ प्रतिशत प्रति कित्ता आठ रूपैयाका दरले वितरण गरेको हो ।

हालसम्म पनि हितग्राही खातामा आफ्नो बैंकको खाता अपडेट नगर्ने सेयरधनीहरूको हकमा  आफूले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ हाउसको आइपीएस सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो बैंक खाता सम्बन्धि विवरण अपडेट गर्न भनेको छ ।