आज सुर्खेतमा यातायात बन्द

सुर्खेत : यातायात व्यवसायीले आज(बुधवार) सुर्खेतमा सवारीसाधनहरू बन्द गरेका छन् । सुर्खेतबाट सञ्चालित आठ वटा यातायात व्यवसायीहरूले संयुक्त रुपमा बन्दको घोषणा गरेका हुन् ।
व्यवसायीहरूले प्रेस विज्ञप्ति जारी गर्दै वीरेन्द्रनगर नगरपालिकाको विरोधमा सवारी बन्द गरेकोे बताएका छन् । वीरेन्द्रनगरमा नवनिर्मित सिटी बसपार्कमा नगरपालिकाले छलफल नै नगरी दुई वटा यातायात प्रालिलाई संरचना बनाउन दिएपछि विवाद उत्पन्न भएको हो । मध्यपश्चिम यातायात प्रालि र काँक्रेविहार यातायात प्रालिलाई बसपार्कको दक्षिणतर्फ आउटडोरको रुपमा संरचना निर्माण गर्न दिएपछि अन्य यातायात व्यवसायी संघहरूले विरोध गरेका हुन् ।
नयाँ बसपार्कमा काउण्टर नपुगेको भन्ने बहानागरी हठाहतपूर्ण तरिकाले २ वटा यातायात प्रालिलाई साविकको काउण्टरको दक्षिणतर्फ आउट डोर काउण्टर सञ्चालन गर्नका लागि संरचना निर्माण गर्न दिएकोमा अन्य यायायात प्रालिले संयूक्त विज्ञप्तिमार्फत विरोध जनाएको हो ।
नगरपालिकाले आफैले कार्यविधी बनाउने अनी त्यही कार्यविधीविपरीत संरचना बनाउने यातायात व्यवसायीहरूको भनाइ छ । नमस्ते नेपाल यातायात प्रालिका अध्यक्ष कार्लमाक्स श्रेष्ठले सरकारले सिण्डीकेट सिष्टम हटाइसकेको अवस्थामा पनि ठूला यातायात व्यावसायीहरूको नाममा नगरपालिकाले आफूहरूलाई पक्षपातपूर्ण व्यवहार गरेको बताए ।
नवनिर्मित सिटी बसपार्कभित्र सुर्खेतमा सञ्चालित १२ वटा यातायात प्रालिलाई गोलाप्रथाको आधारमा काउण्टर सञ्चालन गर्न दिइएकोमा त्यसको विपरीत नगरपालिका गएको यातायात व्यवसायीहरूको भनाइ छ ।

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया