बुधबारको सुनुवाइ शुरु, बहसका लागि ३० मिनेटको समयसीमा तोकियो

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुध्दको मुध्दामाथि बुधबारको सुनुवाइ शुरु भएको छ । सर्वोच्चको संवैधानिक इजलासमा बुधबार सुनुवाइ शुरु भएसँगै बहसका लागि ३० मिनेटको समयसीमा तोकिएको छ ।
यसअघि समयसीमा नतोकिदा एउटै अधिवक्ताले तीन घण्टासम्म बहस गर्ने गरेका थिए । एउटैले घण्टौ बहस गर्दा अरु अधिवक्ताले पालो नपाउने समस्या थियो । समयसीमा तोकेर सबै अधिवक्ताको बहस सुनेपछि समयमै अन्तिम फैसला सुनाउने तयारी न्यायाधीशको छ ।
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा दर्ता भएका दर्जन बढी रिटमाथि सुनुवाइ चलिरहदा बहसका लागि ३ सय ६३ जना अधिवक्ताले नाम दर्ता गराएका छन् । आइतबारदेखि शुरु भएको निरन्तर सुनुवाइमा मंगलबारसम्म ११ जना अधिवक्ताले बहस सकेका छन् ।

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

प्रतिक्रिया