धनगढी क्रिकेट एकेडेमी र सगरमाथा सिमेन्टबीच प्रायोजन सम्झौता

काठमाडौं : धनगढी प्रिमियर लिगको आयोजक धनगढी क्रिकेट एकेडेमी र सगरमाथा सिमेन्टबीच प्रायोजन सम्बन्धि सम्झौता भएको छ । धनगढी क्रिकेट एकेडेमीको स्तरोन्नती तथा ग्रासरुट क्रिकेटको विकासमा सहकार्यका लागि दुई पक्षबीच सम्झौता भएको बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । प्रायोजन सम्झौता तीन वर्षका लागि हुने विज्ञप्तिमा उल्लेख छ ।
सम्झौता अनुसार सगरमाथा सिमेन्टले तीनवर्षका लागि धनगढी क्रिकेट एकेडेमीलाई आवश्यक पर्ने खेल सामाग्री प्रदान गर्नेछ । त्यस्तै, धनगढी क्रिकेट एकेडेमीले अयोजना गर्ने प्रतियोगिताका र ग्रास रुट कार्यक्रमका लागि पनि सगरामाथा सिमेन्टले सहयोग गर्नेछ । यसअघि पनि सगरमाथा सिमेन्टले एकेडेमीलाई धनगढी प्रिमियर लिग आयोजना गर्न सहयोग गर्दै आएको थियो ।
प्रायोजन सम्झौता अनुरुप, धनगढी क्रिकेट एकेडेमीले प्रयोग गर्ने जर्सी, आयोजना गर्ने प्रतियोगितामा सिमेन्टको लोगो प्रयोग गरिनेछ । प्रायोजनको आर्थिक पक्षका बारेमा भने विज्ञप्तिमा खुलाइएको छैन । सम्झौता पत्रमा सगरामथा सिमेन्टको उत्पादक कम्पनी घोराही सिमेन्ट इन्डिष्ट्रिजका मार्केटिङ प्रमुख प्रतिक अधिकारी र एकेडेमीका अध्यक्ष सुवास शाहीले हस्ताक्षर गरे ।
एकेडेमीका अध्यक्ष शाहीले सगरमाथा सिमेन्टसँगको सहकार्यले सुदुरपश्चिममा क्रिकेट खेलाडीको उत्पादनमा टेवा पुग्ने विश्वास गरे । ‘सगरमाथा सिमेन्टसँगको सहकार्यले क्रिकेटरहरुको उत्पादनमा सहयो पुग्ने विश्वास लिएका छौं । हामीलाई उहाँहरुले निर्माण हुन लागेको फाप्ला क्रिकेट मैदानका लागि पजि सहयोग गर्ने वाचा गर्नुभएको छ । त्यसले हामीलाई उत्साहित बनाएको छ,’ शाहीले भने ।
उता घोराही सिमेन्टका मार्केटिङ प्रमुख अधिकारीले धनगढी क्रिकेट एकेडेमीको माध्यमकाट नेपली क्रिकेट विकासमा योगदान गर्न पाउँदा खुशी लागेको बताए । ‘विगतमा पनि हामीले धनगढी क्रिकेट लिग हुँदै धनगढी प्रिमियर लिगलाई पनि मुख्य प्रायोजन गरिसकेका छौं । पुनः एकपटक धनगढी क्रिकेट एकेडेमीसँग सहकार्य गर्न पाउँदा हामी खुशी छौं,’ अधिकारीले भने ।

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया