आर्सनल र ओजिलको सम्बन्धमा पूर्णविराम

काठमाडौं : सन् २०२०, मार्च ७ । इमिरेट्स रंगशालामा आर्सनल र वेस्टह्यामबीचको खेल । जसमा मेसुट ओजिलको पासमा अलेजान्द्रे लाकाजेटले खेलको एक मात्र गोल गरे । त्यस असिस्ट प्रिमियर लिगमा ओजिलको ५४ औं थियो । सायदै कसैले अनुमान गरेको थियो, ओजिलको त्यो असिस्ट आर्सनलको जर्सीमा अन्तिम हुनेछ ।
कोभिड-१९ ले विश्वलाई आक्रन्त पारेको बेला फुटबल प्रभावित नहुने कुरै भएन । बेलायतमा गरिएको लकडाउनका कारण रोकिएको फुटबल गत वर्षको जुनमा फर्कियो । तर ओजिल फर्केनन् । आर्सनलका सर्वाधिक सफल प्रशिक्षक आर्सन वेङ्गरले अनुबन्ध गरेका ओजिललाई आर्टेटाको आर्सनल टिमका ‘अर्किटेक्ट’ हुने विश्वास लिइएको थियो । तर वेङ्गरका पूर्व कप्तान प्रशिक्षक भएकै बेला ओजिलको आर्सनल बसाईमा ब्रेक लाग्यो ।
करिब साढे सात वर्ष उत्तरी लन्डनमा रहेका ओजिल टर्किस इस्तानबुल तर्फ लाग्ने लगभग पक्का छ । जर्मनीमा रहेको टर्किस समुदायका फुटबल मन पराउने किशोरहरुले इस्तानबुलका ठूला क्लब पछ्याउने परिपाटी नै छ । ओजिल किन फरक हुन्थे र । उनले सानै देखि मन पराएको क्लब फेनेरबाचे अब उनको नयाँ यात्रा हुँदैछ ।
ओजिल नयाँ क्लब तर्फ लाग्दै गर्दा आर्सनल निराश छैन । न त उसले आफ्नो लागि दुई सय ५४ खेल खेलेको खेलाडीका लाग बिदाईकै तयारी गरेको छ । आर्सनलको जर्सीमा ४४ गोल र ७७ असिस्ट दर्ता गरेका ओजिलले क्लबका लागि राम्रो खेलेका हुन् । र, पारिश्रामिक पनि राम्रै पाएका हुन् । उनी आर्सनलमा सर्वाधिक कमाई हुने खेलाडी मध्येका एक हुन् । त्यसैले त उनले बारम्बार आरोप खेप्नु परेको छ, आक्रोश सहनु परेको छ । उनलाई आर्सनल सर्मथकको एक हिस्साले पैसाका लागि मात्रै लन्डन आएको भन्दै आलोचना गर्ने गरेको छ ।
तथ्यांकले ओजिल प्रतिभाशाली खेलाडी रहेको तथ्यलाई पुष्टि गर्छ । यसको अर्को पनि सन्देश छ । त्यो भनेको ओजिलले आर्सनल छाडेपछि आफुलाई मन परेको कार्य गर्न सक्छन् । अर्को वाक्यमा भन्दा, जादु देखाउन सक्छन् । फरक मैदानमा । इस्तानबुलका फुटबल प्रेमीहरुलाई साक्षी राखेर ।
तर के ओजिल पैसाका लागि मात्रै आर्सनलमा बसिरहेका हुन त ? यो मामलामा सर्मथक विभाजित छन् । तर जे-जस्तो बहस भएपनि पनि ओजिलको आर्सनल बसाई अन्त्य जुन ढङ्गले भएको छ, त्यो दुखद छ । रियल म्याड्रिडबाट आएका ओजिललाई त्यसबेला आर्सनलमा उपयुक्त खेलाडी भनेर ब्याख्या गरियो । उनको आर्सनलमा सुरुवात कमजोर थिएन । पहिलो सिजनमै एफए कप जिते । सन् २०१५ र २०१७ मा पनि आर्सनलले घरेलु कप जित्दा ओजिलको प्रदर्शन प्रशंसा गर्न योग्य थियो । तर फुटबलमा सकारात्मक क्षण मात्रै किन रहन्थ्यो । ओजिलको आर्सनल करियर उपाधि जितेर अन्त्य हुने त परको कुरा, १० महिना सम्म खेल्न पनि पाएनन् ।
आर्सनलले ओजिललाई बेच्न नखोजेको होइन । वा ओजिलले आर्सनल छाड्न नखोजेका होइनन् । तर कहिले पनि जर्मन प्लेमेकरको स्थान्तरण प्रयास सफल भएन । आर्सनलमा प्रशिक्षक बनेर आइपुगदा ओजिललाई सहयोग गर्छु भनेका मिकेल आर्टेटाले वचन त पुरा गर्न सकेनन् । तर उनकै कार्यकालमा ओजिलको बर्हिगमन हुने चाँही पक्का भयो ।
ओजिलले आर्सनलका लागि प्रिमियर लिगमा एक सय ८४ खेल खेलेका छन् । ३३ पटक गोल गरेका छन् अनि ५४ पटक सहकर्मीलाई गोलका लागि पास उपलब्ध गराएका छन् । यो तथ्यांकले ओजिल प्रतिभाशाली खेलाडी रहेको तथ्यलाई पुष्टि गर्छ । यसको अर्को पनि सन्देश छ । त्यो भनेको ओजिलले आर्सनल छाडेपछि आफुलाई मन परेको कार्य गर्न सक्छन् । अर्को वाक्यमा भन्दा, जादु देखाउन सक्छन् । फरक मैदानमा । इस्तानबुलका फुटबल प्रेमीहरुलाई साक्षी राखेर ।
ओजिलले आर्सनलका लागि लोभलाग्दो प्रदर्शन गर्न चुकेनन् । २०१५/१६ सिजन उनको लागि विशेष रह्यो । जुन सिजन उनले १९ असिस्ट दर्ता गरे । आफ्ना सहकर्मीहरुका लागि एक सय ४६ मौका सिर्जना गरे । जुन आफैमा कीर्तिमान हो । उनी बाहेक कुनै पनि खेलाडीले इंग्लिस लिगमा यक्तिको मौका सिर्जना गर्न सकेको छैन । उनले एलेक्सिज सान्चेजसँग गज्जबको साझेदारी निर्माण गरेका थिए । कालान्तरमा सान्चेजले आर्सनल छाडे । तर ओजिल त्यही रहे । आर्सनलले उपाधि जित्न सक्ने टिम बनाएन भन्ने आरोपका साथ बाटो लागेका सान्चेज त्यसपछिका वर्षमा उस्तै रहेनन् । आर्सनल झन खस्कियो । न त ओजिलको प्रभाव नै बलियो भयो ।
ओजिलको स्तरका कारण धेरै आर्सनल सर्मथकले उनी इमिरेट्स आउने हल्लालाई विश्वास गरिरहेका थिएनन् । ओजिलले आर्सनललाई फेरी प्रेसको हेडलाईन त बनाए । तर क्लबलाई इंगल्यान्डको शक्तिका रुपमा पुनः स्थापित भने गर्न सकेनन् ।
ओजिल आर्सनलमा बनेका खेलाडी होइनन् । उनी लन्डन आउनु अघि नै स्टार थिए । ओजिलको स्तरका कारण धेरै आर्सनल सर्मथकले उनी इमिरेट्स आउने हल्लालाई विश्वास गरिरहेका थिएनन् । ओजिलले आर्सनललाई फेरी प्रेसको हेडलाईन त बनाए । तर क्लबलाई इंगल्यान्डको शक्तिका रुपमा पुनः स्थापित भने गर्न सकेनन् । उनको लय सधैं उस्तै पनि रहेन । कतिपय महत्वपूर्ण खेलमा उनको उपस्थिती अनुभवै हुँदैन थियो । आर्सनलका पूर्व खेलाडी मार्टिन किओन पनि यसमा सहमत छन् । ‘ओजिल विश्व फुटबलको असाधारण उत्पादन हुन् । तर दुखको साथ भन्नु पर्छ, उनले आफ्नो स्तर अनुसारको उपलब्धी हासिल गर्न सकेनन् । न त उनको आर्सनल बसाईको अन्त्य नै सम्झन लायकको हुनेवाला छ,’ किओन भन्छन् ।
ओजिल प्रति फुटबल सर्मथक विभाजित भएको तथ्य लुकेको छैन । कतीले उनको पुजा गर्छन् भने कतीले ठाडो आलोचना । उच्च स्तरका खेलाडीहरुका लागि यो नौलो होइन । उनको इस्तानबुल तर्फको स्थान्तरण टुङ्गोमा पुग्नै लाग्दा सामाजिक सञ्जाल यी दुई पक्षको भिडन्तको चेपुवामा पर्ने निश्चित छ । ओजिललाई स्नेह गर्नेहरुले उनलाई आर्सनलको ‘लेजेण्ड’ मान्लान् । उनको आलोचना गर्नेहरुले कामै नलाग्ने खेलाडी भन्लान् । तर दुबै सत्य होइनन् ।
आर्सनलले विगतमा कयौं महान् खेलाडीहरु जन्माएको छ । वा स्तरिय खेलाडीहरुलाई परिस्कृत गरेको छ । सूचीमा थिउरी हेनरी देखि लियाम ब्राडी सम्म समेटिन सक्छन् । ओजिल त्यस सूचीमा थपिने खेलाडी होइनन् । तर उनी आर्सनल सर्मथकलाई खेलको मज्जा दिलाउने खेलाडीका रुपमा भने सधैंका लागि दर्ज हुने नै छन् । (गोलडटकमबाट)

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया