हेडमास्टरको कृषि मोह : अवकाशपछि कागती खेतीमा भागवत

राजविराज : सप्तरीमा एक अवकाश प्राप्त शिक्षकले कागती खेती सुरु गरेका छन् । कृषि पेशामा आर्कषण बढाउन तथा जिल्लामा कागतीको माग पुरा गर्न भागवत यादव खेतबारीको काममा लागेका हुन्
वार्षिक ४ पटकसम्म फल दिने कागतीतर्फ जिल्लाका कृषकहरुलाई कृषितर्फ उन्मुख गर्नसमेत यादव प्रचारप्रसारमा लागेका छन् । सप्तरीमा वार्षिक झण्डै ६ करोड रुपैयाँ बराबरको कागती खपत हुन्छ । तर, कृषकहरुले झन्झट मानेर कागती खेती नगर्दा व्यापारीहरुले ५ करोड ४० लाख रुपैयाँ बराबरको कागती भारतबाटै आयात गरेर बजारको माग पुरा गर्ने गरेका छन् ।
भारतीय कागतीको माग घटाउन तथा जिल्लालाई कागतीमा आत्मनिर्भर बनाउने उद्देश्यले डाकनेश्वरी नगरपालिका ९ का शिक्षक यादवले अवकाश पाएपछि घरसँगै टाँसिएको २ बिघा जग्गामा कागती खेती सुरु गरेका हुन् ।
२०३३ सालमा शिक्षण पेशामा लागेर प्रधानाध्यापक समेत भइसकेका उनी कागती खेतीमा लागेका यतिवेला विरुवा रेखदेखमा व्यस्त छन् । वर्षमा ४ पटकसम्म कागतीको विरुवा फल दिएपनि जानकारी नरहेका कारण झन्झट मानिरहेका कृषकहरुलाई खेती गर्न उत्साहा बढाएर देशका ठुल–ठुला शहरसम्म कागती पु¥याउने आफ्नो सोच रहेको यादव बताउँछन् ।
हाल मासिक ३५ हजार रुपैयाँसम्मको कागती बजारमा पुर्याइरहेपनि भारतीय कागतीले बजार ओगटेकोले स्थानीय उत्पादनलाई बजार बनाउन कठिनाई हुनुका साथै प्राविधिक अभावका कारण समेत समस्या हुने गरेको यादवको गुनासो छ ।

लहानमा अवैध क्लिनिकहरूमाथि कडाइ, कानुनी दायरामा ल्याउने

विपक्षी दलका विरोधका कारण चौथो दिन पनि मधेस प्रदेशसभा बैठक अवरुद्ध

वीरगञ्जमा खानेपानीको संकट : समस्याको दीर्घकालीन समाधानमा जोड

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

डिभिजन वनद्वारा साढे नौ लाख बिरुवा वितरण गरिँदै

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

प्रतिक्रिया