धनुषाका ३० विद्यालयले बुझाएनन् करोडौंको हिसाब

जनकपुरधाम : धनुषाका ३० वटा विद्यालयकाले कामै नगरी करोडाैँ रुपैयाँ अनियमितता गरेका छन् । आर्थिक वर्ष २०७४/०७५ मा लाइब्रेरी व्यवस्थापन एवं स्थापनाका लागि फिक्सिङ्ग तथा किताब खरिद गर्न अनुदान स्वरुप सरकारबाट प्राप्त अनुदान रकमको कुनै हिसाब बुझाएका छैनन् । शिक्षा विकास समन्वय इकाई समिति धनुषाकाअनुसार धनुषाका ३० वटा विद्यालयलाई अनुदान स्वरुप पठाइएको १ करोड ८८ लाख ५० हजार रुपैयाँको हालसम्म कुनै हिसाब-किताa कार्यालयमा आएको छैन ।
लाइब्रेरी व्यवस्थापन एवं स्थापनाका लागि फिक्सिङ्ग तथा किताब खरिद गर्न अनुदान स्वरुप विद्यालयको खातामा प्रतिविद्यालय ६ लाख ५० हजारको दरले रकम पठाइएको थियो । तर हालसम्म ति विद्यालयहरूले उक्त रकम खर्चको बिल भर्पाइ तथा दाखिला प्रतिवेदन कार्यालयमा नबुझाएको शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख इश्वरीप्रसाद ज्ञवालीले जानकारी दिए । हालसम्म सो सामाग्री खरिदसमेत नगरेको बुझिएको उनले बताए । सो रकम हिनामिना भएको हुनसक्ने उनले आशंका गरे ।
त्यस्तै सोही आर्थिक वर्षमा शिक्षण सिकाइका लागि कम्प्यूटर इक्वीपमेन्ट तथा किट्स खरिद अनुदान विभागबाट प्राप्त स्पेसिफिकेशनअनुसार खरिद गरेको सामग्रीको दाखिला प्रतिवेदनसमेत जिल्लाका २५ वटा विद्यालयले इकाईमा बुझाएका छैनन् । सो रकमसमेत बेरुजु हुन गएको ज्ञवालीको भनाइ छ ।
ती विद्यालयहरूलाई विद्यार्थीका लागि आइसीटी माध्यमबाट शिक्षण सिकाइ गराउन कम्प्यूटर ईक्वीपमेन्ट तथा किट्स खरिद गर्न ६ लाख ५० हजारका दरले कुल १ करोड ६२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइएको थियो ।
कुन–कुन विद्यालयले बुझाएनन् हिसाब ?
जिल्लाको मिथिलाबिहारी नगरपालिकास्थित ललिया मावि र कजरा रमौल मावि, क्षीरेश्वर नगरपालिकास्थित इच्छापुर मावि र दिगम्बरपुर मावि, औरही गाउँपालिकास्थित परवाहा मावि, चक्कर मावि, औरही मावि र झिटकहिया माविले खर्च हिसाब बुझाएका छैनन् ।
त्यसैगरी बटेश्वर गाउँपालिकास्थित चित्रपुर मावि, विदेह नगरपालिकास्थित बफै मावि, हंसपुर नगरपालिकास्थित झटियाही मावि, टिल्ही मावि र रुदौली सोनीगामा मावि, जनकपुरधाम उपमहानगरपालिकास्थित संकटमोचन मावि, बभनगामा मावि, सोहनी मुजेलिया मावि, रुपैठबेल्ही मावि, सरस्वती मावि, सरस्वती मावि कटरैत–७, कनकपट्टी मावि र जानकी मावि पनि हिसाब नबुझाउनेमा छन् ।
सबैला नगरपालिकास्थित सिमराढीगढी मावि, मिथिला नगरपालिकास्थित हरिहरपुर मावि एवं श्री साउमावि बेङ्गाडावर, जनकनन्दनी गाउँपालिकास्थित खजुरीचन्हा मावि, गणेशमान चारनाथ नगरपालिकास्थित चिसापानी मावि, नगराइन नगरपालिकास्थित फुलगामा मावि, लक्ष्मीनिया गाउँपालिकास्थित कुम्हरौडा मावि र मुखियापट्टी मुसहरनिया गाउँपालिकास्थित तुल्सियाही माविले पनि खर्च हिसाब बुझाएका छैनन् ।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

बलात्कारको अभियोगमा दुई जना पक्राउ

प्रतिक्रिया