आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

जब छातीमाथि जमरा जाग्छन् !

७० वर्षे वृद्धको १० दिने कठोर ब्रत

७० वर्षका महिन्द्र राय

सर्लाही : सर्लाहीस्थित हरिपुर्वा नगरपालिका–३ धनकौलमा एक वृद्धले आफ्नो छातीमाथि दसैंको जमरा उमारिरहेका छन् । ७० वर्षका महिन्द्र रायले घटस्थापनादेखि निराहार ब्रत बसेर छातीमा जमरा उमारिरहेका हुन् । 

घटस्थापनादेखि विधिवत पूजापाठ गरेर राय छातीमा जमरा उमार्न कलशसहित निर्जल उपवास बसेका छन् । उनले हरिपुर्वा–३ धनकौलमा रहेको महरानीस्थान मन्दिर परिसरमा ब्रत बसेर जमरा उमारिरहेको हरिपुर्वा नगरपालिकाका मेयर सियाराम रायले जानकारी  दिए ।

मेयर रायका अनुसार छातीमा जमरा उमार्न मन्दिरमा सुतेका रायलाई हेर्न गाउँलेहरुको भीड नै लाग्ने गरेको छ । उनले पहिलो पटक छातीमा जमरा उमारेका हुन् । छातीमा जमरा राख्नकै निम्ति रायले १० दिनदेखि केही नखाएको मेयर रायले  जानकारी दिए ।

‘रायले नौं दिनसम्म केही खाँदैनन्, केही खायो भने दिशा पिसाब लाग्छ’, मेयर रायले भने,‘उनले कण्ठ पानीले भिजाउने मात्र गरिन्छ, कण्ठ नसुकोस भनेर प्रत्येक दिन कपासले दुई तीन बुन्द दुधले कण्ठ भिजाउने गरिन्छ ।’

धनकौलको महरानीस्थानको मन्दिरमा घटस्थापनादेखि नै नवाह यज्ञ पनि भइरहेको छ । दसंैको समाप्तिपछि यज्ञको पनि समापन गरिने र रायले ब्रत पनि तोड्ने स्थानीयले जनाएका छन् ।