वडा स्तरीय विरोध प्रदर्शनमा सहभागिता जनाउन कांग्रेसको अपिल

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध बिहीबार मुलुकभरका ६७४३ वडाहरूमा गर्न लागेको विरोध प्रदर्शनमा सहभागी सबैलाई आग्रह गरेको छ । सभापति शेरबहादुर देउवाले बुधबार वडा स्तरीय प्रदर्शनमा ८ गते सहभागी भएर,संसद विघटनविरुद्ध ऐक्यवद्धता प्रकट गर्न सबैमा अपिल गरेका हुन् ।
‘के.पी. शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटनाविरुद्ध नेपाली कांग्रेसले भोलि माघ ८ गते बिहीवार ६,७४३ वडाहरूमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा हार्दिक अपिल गर्दछु,’ देउवाले अपिलमा भनेका छन् ।
कांग्रेसले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भएको निर्णय गरेर आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । बिहीबार वडास्तरमा हुन लागेको आन्दोलन कांग्रेसको दोस्रो चरणको अन्तिम आन्दोलन हो ।
यसअघि विघटनविरुद्धमा पहिलो चरणमा कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । दोस्रो चरणमा यसअघि पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।
देउवाले संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावनाविपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमत भएको समेत अपिलमा उल्लेख गरेका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया