प्रतिनिधि सभा विघटनविरुद्ध ललितपुरमा जसपाको प्रदर्शन

काठमाडौँ : प्रतिनिधि सभा विघटनिवरुद्ध जनता समाजवादी पार्टीले मुलुकभर विरोध प्रदर्शन गरेको छ । दोस्रो चरणको अन्तिम कार्यक्रमस्वरुप आज मुलुकभर विरोध कार्यक्रम गरिएको हो । यसअन्तर्गत ललितपुरमा पनि विरोध प्रदर्शन गरियो । प्रदर्शनमा बोल्ने वक्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सार्वभौम अधिकार हनन गरेकाले राजा बनेर त्यसको लागि जनतासँग माफी माग्नु पर्ने बताए ।
प्रदर्शनपछिको सभालाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै केन्द्रीय कार्यसमिति सदस्य केशव झाले प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटन गर्ने कार्य संविधानविपरीत भएको बताए । उनले सर्वोच्च अदालतले संविधानको मर्म र भावना अनुसार नै फैसला गर्ने विश्वास आफूहरूमा रहेको बताए ।
ओलीले चुनाव गर्ने मनसायले प्रतिनिधि सभा विघटन नगरेको झाले बताए । 'संविधान नै नमान्नेले चुनाव के गर्ला ? फेरि जनताले त ५ वर्षको मतादेश दिएको होइन र अनि ३ वर्षमै किन चाहियो चुनाव,' झाले भने । उनले निर्वाचन आयोगलाई ओलीको स्वार्थ पूरा गर्न घोषणा गरिएको निर्वाचनको तयारी थालेर राज्यको धुकुटी रित्याउनतर्फ नलाग्न सुझाए ।

सगरमाथा संवादमा इलामे चियाको स्वाद

शिक्षा समितिमा विधालय शिक्षा बिधेयक माथी छलफल हुने

परराष्ट्रमन्त्री देउवासँग जापानका उपविदेशमन्त्रीको भेट

जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण

डोटी पुगेर प्रचण्डले भने- जनबलमा सत्तामा पुग्यौँ

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका छ : शेखर कोइराला

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

प्रतिक्रिया