महिला फुटबल लिग : आर्मी र पुलिसको गोलरहित बराबरी

काठमाडौं : राष्ट्रिय महिला लिग फुटबलको उदघाटन खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका छन् । बुधबार दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले पाएका अवसरलाई गोलमा परिणत गर्न नसकेपछि लिगको पहिलो खेलमा गोल भएन ।
खेलपछि पत्रकारहरूसँग कुरा गर्दै पुुलिसका प्रशिक्षक सन्जिव जोशीले नतिजाप्रति सन्तुष्टी व्यक्त गरे । ‘विभागीय प्रतिद्वन्द्वीविरुद्धको बराबरी खराब नतिजा होइन । हामीले लिगका लागि दुई महिना लामो तयारी गरेका छौं । त्यसकारण आउँदा खेलमा राम्रो गर्ने आशा छ,’ प्रशिक्षक जोशीले भने ।
उता आर्मीका प्रशिक्षक राजु तामाङले आफ्ना फरर्वाडहरूले राम्रो खेल्न नसकेको प्रतिक्रिया दिए । खेलमा पुलिसकी पुजा राना प्लेयर अफ दि म्याच घोषित भइन् ।
बिहीबारको पहिलो खेलमा शशस्त्र प्रहरीको एपीएफ र चन्द्रपुर नगरपालिका भिड्नेछन् भने दोस्रो खेलमा वालिङ नगरपालिका र बिराटनगर महानगरपालिका आमने-सामने हुनेछन् ।

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया