दसैं हो कि यो मेरो दसा...
‘यो दसैं त नआएको भए हुन्थ्यो’

काठमाडौं : दसैंको रमझम सुरु भएसँगै बजारमा चहलपहल बढ्यो। तर राजकुमार अधिकारी भने व्यस्त इन्द्रचोकको लस्सी पसल छेवैमा टुक्रुक्क बसेर टोलाइरहेका छन् । सहरमा चलहपलह बढेकाबेला ५६ वर्षीय राजकुमार भने सुस्ताएका छन् । काखमा च्यापिएको नाम्लोले आज काम पाएको छैन । उनलाई काम गर्न पनि मन छैन ।
उनी भन्छन्, ‘मनमा आँधिबेहरी चलेका बेला जाँगर पनि कहाँबाट आउनु ।’
हो, उनको जाँगर घटेको छ । यति घटेको छ कि, चिउँडोको मास्क नाकसम्म सार्न पनि मन छैन ।
खुसीहरु लिएर आउने दसैंले राजकुमारको भागमा भने यसपालि दुःख पारिदिएको छ । मिल्ने भए यो वर्षको क्यालेन्डरबाट दसैं तिहार नै निकालेर फ्याँक्न मन थियो उनलाई । तर असमर्थ छन् ।
ओखलढुंगाको ज्यामिरेमा छ उनको घर । घरमा चार जनाको परिवार छ । यसपालिको दसैं परिवारसँगै मनाउने मन थियो। ‘घर कहिले आउने ?’ भन्दै बेलाबेला घरबाट फोन पनि आउँछ । तर गोजीमा घर जान पुग्ने पैसा छैन । त्यसैले आउँदिन भन्दै टारिदिन्छन् । उनी भन्छन्, ‘घर गएपछि तेल मसला चाहियो, लोकल खसी काट्म भन्छन् छोरा छोरी । नयाँ लुगा चाहियो भन्लान् । तर मसँग अहिले पैसा छैन । यहाँ कमाइ छैन, कोठा भाडा तिर्न सकेको छैन । कसरी दसैंं मनाउनु ? बरु यो दसैं नै नआएको भए हुन्थ्यो ।’
राजकुमारको भन्दा केही पनि फरक छैन शान्ता रोक्काको कथा । धादिङकी शान्ता केही गर्न काठमाडौं आएकी थिइन् । गाउँमा खेती थिएन, शहरमै केही गर्ने रहर थियो । सुरुमा उनले भारी बोकिन्, तर त्यसमा उनले खासै कमाइ देखिनन् । त्यसपछि तीन हजारको लगानीमा उनले चटपटको व्यापार सुरु गरिन् । तर कोभिड १९ को महामारीले उनको व्यवसाय ७ महीना थन्कियो । उनलाई पनि दसैंमा घर जान मन छ । तर उनीसँग घर जाने पैसा छैन । उनी भन्छिन्, ‘कोठा भाडा तिर्न नसकेको ५ महीना भयो । त्यसैले गाउँ गइदैँन । छोराछोरीलाई पनि पुरानै लुगा लगाइदिन्छु, यतै बस्छु ।’
काभ्रेका ४५ वर्षीय सुकलाल श्रेष्ठ पनि इन्द्रचोकमा रिक्सा चलाउँछन् । उनी पनि यसवर्ष घर जान पाएका छैनन् । उनी भन्छन्, ‘भूईँचालोले पनि यतिविघ्न दुःख दिएको थिएन, जति यो कोरोनाले दियो । ६ महीना काम नगर्दा थुप्रै ऋण लागेको छ । अहिले पनि कामै पाएको छैन । कसरी मनाउन जानु दसैं’
घरकालाई उनले ऋण खोजेरै दसैं मनाउन भनिसकेका छन्, पछि पठाइदिने सर्तमा । उनलाई बेलाबेला अचम्म लाग्छ, परम्परा देख्दा । किनकी आफ्नो खल्ती रित्याएर भए पनि चेलीबेटीलाई दक्षिणा दिनै पर्छ, आफू भोकै बसेर पाहुनालाई खानेकुरा दिनै पर्छ । ‘अब चलिआएको चलन गर्नैपर्यो,’ उनी भन्छन्, ‘धनीलाई पो दसैं, हामीलाई त दशा हो यो ।’
दोलखाकी ३० वर्षीया जतना खड्का बसन्तपुरको डबलीमा मूर्तिहरु बेच्ने काम गर्छिन् । १४ महीने छोरालाई बेबी केयरमा छोडेर उनी व्यापार गर्न आइपुग्छिन् ।
उनको मुख्य ग्राहक पर्यटकहरु हुन् । तर कोभिडको कारण अहिले पर्यटक आउँदैनन् । त्यसैले उनको व्यापार ठप्पै भएको छ । उनलाई पनि दसैं कि आएछ भन्ने लागेको छ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया