भिल्लालाई हराउँदै सिटी दोस्रो स्थानमा

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । बुधबार राती भएको खेलमा एस्टन भिल्लालाई २-० गोल अन्तरले हराउँदै सिटी दोस्रो स्थानमा उक्लिएको हो ।
सिजनका शुरुवाती खेलमा लगातार खराब प्रदर्शन गरेको सिटी पछिल्लो समय भने लयमा देखिएको छ । संघर्षपूर्ण खेलमा सिटीले खेलको अन्त्यतिर विजयी गोल गरेको थियो । उसका लागि खेलको ७९ औँ मिनेटमा बर्नान्डो सिल्भाले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
खेलको ९० औँ मिनेटमा इकी गुन्डोगानले पेनाल्टीमा गोल गर्दै सिटीको जित सुनिश्चित गरेका हुन् । जितपछि सिटी १८ खेलबाट ३८ अंकसहित प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको हो । शीर्ष स्थानको म्यान्चेष्टर युनाईटेड र तेस्रो स्थानको लेस्टरभन्दा एक खेल कम खेलेको सिटी शीर्ष स्थानमा पुग्ने सम्भावना पनि छ ।
भिल्ला भने १६ खेलबाट २६ अंकसहित लिगको ११ औँ स्थानमा छ । (अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया