भारतबाट १० लाख डोज कोभिड खोप आज आउँदै

काठमाडौं : भारतले अनुदानमा दिने १० लाख डोज कोभिड १९ खोप आज काठमाडौं आउँदैछ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अनुदानमा खोप दिने घोषणा गरेको भारतले बिहीबार नै काठमाडौंमा खोप उतार्न लागेको हो ।
एयर इन्डियाको विमानबाट कोभिडविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा लगेर १० लाख डोज खोप भण्डारण गरिनेछ ।
विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ । सेरम इन्स्टिच्युट अफ इन्डिया र अक्सफोर्ड/एस्ट्राजेनेकाले उत्पादन गरेका खोप भारतले तत्कालै नेपाललाई दिन लागेको हो । पहिलो चरणमा स्वास्थ्य र सुरक्षाकर्मीलाई प्राथमिकताका साथ खोप वितरण गर्ने तयारी सरकारको छ ।
भारतले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मारलाई पनि अनुदानमै खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया