तेस्रो डिभिजनको क्लबसँग हारेपछि कोपा डेल रे बाट बाहिरियो रियल

काठमाडौं : रियल मड्रिड तेस्रो डिभिजनको क्लबसँग हारेर कोपा डेल रे प्रतियोगिताबाटै बाहिरिएको छ । बुधबार राती भएको खेलमा स्पेनको तेस्रो डिभिजनको क्लब एल्कोयानोसँग २-१ गोल अन्तरले हारेपछि रियल प्रतियोगिताको अन्तिम ३२ बाटै बाहिरिएको हो ।
रियलले खेलमा अग्रता समेत लिएर जोगाउन नसक्दा प्रतियोगिताबाटै बाहिरिन पुगेको हो । रियलका लागि मिलिटानोले ४५ औँ मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको अन्त्यतिर ८० औँ मिनेटमा सोल्बेसले बराबरी गोल गरे । खेल बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयमा १० खेलाडीमा सिमित भएको एल्कोयानोका लागि ११५ औँ मिनेटमा कासानोभाले विजयी गोल गरे । कासानोभाको गोलले एल्कोयानो कोपा डेल रे प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्दा रियल भने प्रतियोगिताबाटै बाहिरिएको हो ।
सर्वाधिक १९ औँ पटकसम्म कोपा जितेको रियल यसपटक भने अन्तिम ३२ बाट अघि बढ्न सकेन । (अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया