किशोरी हत्या अभियोगमा मन्सुरी पक्राउ

रौतहट : रौतहट, दुर्गा भगवती गाउँपालिका–४ छतौना टोल बस्ने १७ वर्षीया रोबिना मन्सुरीको हत्या भएको छ । हत्याको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय फुल महम्मदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
१९ वर्षीय युवकसँग रोबिनाको प्रेम सम्बन्धको विषयलाई लिएर हत्या भएको प्रहरीले बताएको छ । महम्मद समेत ४ जनाले रोबिनाको हत्या गरी सोही ठाउँ बस्ने जनरल कवाडीको घरमा शव राखेको भन्ने खबर प्रहरीलाई प्राप्त भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले महम्मदलाई पक्राउ गरेको हो । उक्त घटनामा संलग्न रही फरार रहेका सोही ठाउँ बस्ने ४३ वर्षीय लाल महम्मद, ५० वर्षीय नसरुदिन मन्सुरी र उनकी श्रीमती ४३ वर्षीया सहनाज मन्सुरी हाल फरार छन् । उनीहरुलाई प्रहरीले खोजी गरिरहेको छ ।

नेपाल-भारत सुरक्षा अधिकारीको बैठक : अपराध नियन्त्रणमा शून्य सहनशीलताको सहमति

मधेस प्रदेशका सांसद कुशवाहा निलम्बित

वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते

रौतहटमा लुटपाटमा संलग्न लुटेरा पक्राउ, भागेकाको खोजीकार्य जारी

कवीर दिवसमा १५ जोडीको दाइजोमुक्त विवाह

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

लहानमा बेच्न राखिएका आँप विषादीरहित

प्रतिक्रिया