फुटबलका सर्वाधिक गोलकर्ता बने रोनाल्डो

काठमाडौं : क्रिष्टियानो रोनाल्डो फुटबल इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । युभेन्टसका लागि नापोलीलाई हराउँदै इटालियन सुपर कपको उपाधि जित्दा एक गोल गरेका रोनाल्डो फुटबल इतिहासमै सर्वाधिक ७ सय ६० गोल गर्ने खेलाडीको किर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका हुन् ।
यसअघि यो किर्तिमान पेले र जोसेफ बिचानको नाममा थियो । बिचान र पेलेलाई उछिन्दै रोनाल्डोले सर्वाधिक ७६० गोल गरेका हुन् । बिचानले ७ सय ५९ गोल गरेको किर्तिमान छ । यस्तै पेलेले ७ सय ५७ गोल गरेको किर्तिमान मानिन्छ । तर सर्वाधिक गोलको किर्तिमान भने विवादमै छ ।
रोनाल्डोले लिस्बोनका लागि ५, म्यानचेस्टर युनाइटेडका लागि ११८, रियल मड्रिडका लागि ४५०, युभेन्टसका लागि ८५ र आफ्नो देश पोर्चुगलका लागि १०२ गोल गरेका छन् । रोनाल्डो रियलका सर्वाधिक गोलकर्ता समेत हुन् । (अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया