कार्यकर्ता हत्याको जाहेरी नलिएपछि नेकपाकै नेताहरू धर्नामा

वीरगञ्ज : पर्सामा घटनाका विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेताहरु धर्नामा बसेका छन् । घटनापछि प्रहरीले जाहेरी नलिएको भन्दै नेकपाका नेताहरु धर्नामा बसेका हुन् ।
शनिबार नेकपाका नेताहरुले जिल्ला प्रहरी कार्यालय अगाडि धर्नाको कार्यक्रम आयोजना गरेर जाहेरी लिन दबाब दिएका छन् । उक्त धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेताहरुले प्रहरीले जाहेरी नलिएसम्म आन्दोलन जारी रहने बताएका हुन् ।
यति हुँदा पनि जाहेरी नलिए अगामी दिनमा प्रदेश २ हुँदै देशव्यापीरुपमा आन्दोलन चर्काउने चेतावनीसमेत नेताहरुले दिए ।
नेकपाको स्थानीय दुई समुहबीच पर्सा जिल्लामा बिहिबार झडप भएको भएको थियो । झडपमा परी गम्भीर घाइते भएका नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो । घटनाको तीनदिनसम्म पनि प्रहरीले जाहेरी नलिएको आरोप नेता कार्यकर्ताहरुको छ ।

लहानमा अवैध क्लिनिकहरूमाथि कडाइ, कानुनी दायरामा ल्याउने

विपक्षी दलका विरोधका कारण चौथो दिन पनि मधेस प्रदेशसभा बैठक अवरुद्ध

वीरगञ्जमा खानेपानीको संकट : समस्याको दीर्घकालीन समाधानमा जोड

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

डिभिजन वनद्वारा साढे नौ लाख बिरुवा वितरण गरिँदै

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

प्रतिक्रिया