निर्वाचन तयारी सुरु : कैलालीमा मतदानस्थल थपिँदै, १५ गते नामावली प्रकाशन हुने

धनगढी : सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय कैलालीले तयारी थालेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी ०७८ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेपछि कार्यालयले मतदानस्थल थप्ने, केन्द्र हेरफेर गर्ने र त्रुटि सच्याउने काम सुरु गरेको हो ।
जिल्ला निर्वाचन अधिकारी प्रेमराज भट्टले चार स्थानमा मतदानस्थल थप्नुपर्ने देखिएको बताए । ‘जिल्लाभर २३१ मतदानस्थल र ५३४ मतदान केन्द्र रहेका छन्,’ निर्वाचन अधिकारी भट्टले भने, ‘कैलालीको पहाडी क्षेत्रमा मतदानस्थल टाढा भएकाले चार मतदानस्थल थप्ने तयारी भईरहेको छ । त्यस्का लागि हामी फिल्डमा पनि पुगिसकेका छौँ ।’
भट्टका अनुसार निर्वाचन आयोगको निर्देशन अनुसार मतदाता नामावली अध्यावधिक गर्ने तयारी पनि भईरहेको छ । त्यस्का लागि स्थानीय तहको केन्द्रमा रहेका वडा सचिवलाई सहायक नाम दर्ता अधिकारी तोकिएको भट्टले बताए । ‘माघ १५ गतेदेखि मतदाता नामावली प्रकाशन गर्ने तयारी छ,’ उनले भने, ‘त्यसपछि १ गतेसम्म त्रुटी सच्याउने र हटाउने काम गरिने छ ।’
मतदाता शिक्षा तथा स्थल र केन्द्रका विषयमा राजनीतिक दल र स्थानीय तहसँग छलफलसमेत भइरहेको उनले बताए । आज पनि निर्वाचन कार्यालयले सर्वपक्षिय बैठक बोलाएको छ । २०७७ पुस ५ गतेसम्म १८ वर्ष पूरा भएका नागरिहरुले मतदानमा सहभागि हुन पाउने कार्यालयले जनाएको छ ।
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

दुई दशकदेखि राजमार्गको पुलमुनि बास

प्रतिक्रिया