सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

केन्ट सुप्रीम लाइट र केन्ट ग्रान्ड प्लस अल्कलाइन नेपाली बजारमा

काठमाडौं : ईओएल प्रालि नेपालको एक मात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले केन्ट सुप्रीम लाइट र केन्ट ग्रान्ड प्लस अल्कलाइनल गरी दुई आरओ मोडल नेपाली बजारमा ल्याएको छ । 

केन्ट सुप्रीम लाइटमा केन्टको खनिज आर.ओ. टेक्नोलोजी र टीडीएस नियन्त्रकको साथ छ । यस शुद्धीकरणले तपाईंको परिवारलाई पानीबाट हुने रोगहरूबाट जोगाउँदछ । पानीलाई शुद्ध गरेर यसको अत्यावश्यक प्राकृतिक खनिजहरूलाई यथावत राख्दछ । केन्ट सुप्रीम लाइट सबै खालको पानीको शुद्धिकरणको लागि उपयुक्त हुन्छ । यसमा भएको आरओ प्लस युएफ प्लस टीडीएस नियन्त्रणको बहु–शोधन प्रक्रियाले पिउने पानीलाई शतप्रतिशत शुद्ध र पिउन योग्य बनाउँदछ । यस प्रक्रियाले आर्सेनिक, रस्ट, कीटनाशक, र फ्लोराइड जस्ता विघटित अशुद्धताहरू हटाउँछ र पानी पिउन योग्य बनाउन ब्याक्टेरिया र भाइरसहरूलाई पनि नस्ट गर्दछ ।

केन्ट सुप्रीम लाइट पूर्ण स्वचालित स्वतः अन र अफ (बन्द) कार्यक्षमताको साथ आउँदछ । शुद्धीकरण स्वचालित रूपमा बन्द हुन्छ जब भण्डारण ट्याङ्की भरिन्छ र पुनः सुरु हुन्छ जब पानीको स्तर अधिकतम भन्दा तल खस्दछ । केन्ट सुप्रीम लाइटको बजारको मूल्य २१ हजार ९ सय ९० रुपैयाँ छ । केन्ट ग्रान्ड प्लस अल्कलाइनले शतप्रतिशत शुद्ध र खनिजयुक्त शुद्ध पानी प्रदान गर्दछ जसमा केन्टको खनिज आर.ओ. टेक्नोलोजी रहेको कम्पनीले जानकारी दिएको छ । 

केन्टको अल्कलाइन आरओ प्यूरीफायरले तपाईंको पानीको पीएच स्तर कायम राख्दछ । यसले पानीको पी.एच. स्तर ८.० देखि ९.० को बीचमा समायोजन गरेर पानीलाई क्षारीय बनाउँदछ ।  केन्ट ग्रान्ड प्लस अल्कलाइन इन–ट्याङ्क यु.भी. कीटाणुशोधन सुविधाको साथ सुसज्जित छ । भण्डारण ट्याङ्कीमा यु.भी. एल.ई.डी.ले लामो समयको लागि पानी शुद्ध राख्दछ । केन्ट ग्रान्ड प्लस अल्कलाइनको बजारको मूल्य २९ हजार ९ सय ९० रुपैयाँ छ ।