नेपाल एडुफेयरको चौथो शैक्षिक मेला सुरु

काठमाडौं : नेपाल एडुफेयर डट कमको चौथो भर्चुअल शैक्षिक मेला बुधबारदेखि सुरु भएको छ । विगत वर्षमा झैँ यो वर्ष पनि हामीले प्लस टु उत्तीर्ण गरी स्नातक तहमा पढ्ने तयारी गरेका विद्यार्थीलाई सहजीकरण गर्ने उद्देश्यले भर्चुअल शैक्षिक मेलाको आयोजना गरिएको हो ।
कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीलाई विषयको महत्व, सम्भावना, छनोट आदिका विषयमा सहजीकरण गरिर्ने आयोजकले जानकारी दिएका छन् ।
पहिले परामर्शका लागि विद्यार्थी कलेज धाउनुपर्ने बाध्यता थियो । त्यसलाई मध्यनजर गरेर विद्यार्थी, अभिभावक र कलेजलाई जोड्ने पुलको रूपमा भर्चुअल शैक्षिक मेला आयोजना भएको हो । अर्कोतर्फ अहिले कोरोना महामारीले विश्व नै आक्रान्त छ । यस्तो अवस्थामा भर्चुअल मेलाको विकल्प छैन । तर, हामीले कोरोनाअगावै पनि भर्चुअल रूपमा नै यस्ता मेलाहरू गर्दै आएका थियौँ । विज्ञान र प्रविधिको युगमा भर्चुअल मेलालाई नै अनुसरण गर्नुको विकल्प पनि छैन ।
मेलामा स्नातक तह अध्ययन अध्यापन गराउने उत्कृष्ट २० वटा कलेजको सहभागिता छ । र, प्रत्येक वर्ष हामीले ‘शिलापत्र उज्ज्वल स्कलरसिप’ अन्तर्गत विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको छ । यो वर्ष पनि हामीले विद्यार्थीलाई स्नातक तहमा नौवटा विषयमा र प्लस टु तहमा ३५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गरानेछ ।
अघिल्ला वर्षमा छात्रवृत्ति पाएका विद्यार्थीहरूले अहिले उच्च शिक्षा हासिल गर्दै छन्। हामीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्कलरसिप दिँदै आएका छन्। यसलाई हामीले प्रत्येक वर्ष निरन्तरता दिँदै र छात्रवृत्ति पनि बढाउँदै आएका छन् । त्यस्तै, यहि ८ माघ देखि प्रत्येक दिन साँझ ६ देखि ६ः३० बजेसम्म शिलापत्रबाट ‘एडु टक’ लाइभ कार्यक्रम प्रसारण हुनेछ । उक्त कार्यक्रम युथ मोटिभेटर सौनक भट्टले संचालन गर्नेछन् ।

अब नयाँ बानेश्वरमा पनि एचसी आरसी इजुकेशन हब

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित…

एक हप्ता लामो उत्सव र उत्साहजनक सहभागितासँगै यामाहा ब्लू फेस्ट सफलतापूर्वक सम्प…

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ…

शुक्रबारको भाउमा सुनचाँदीको मुल्य

विश्वभरिका नेपाली सेफहरू एकजुट, अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरु…

पर्यटकका पर्खाइमा बयली

प्रतिक्रिया