शिक्षक हत्या आरोपमा विप्लबका मोरङ सेक्रेटरी पक्राउ

काठमाडौं : मोरङ प्रहरीले नेकपा विप्लब समूहका जिल्ला इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई हतियार सहित पक्राउ गरेको छ । विकलाई प्रहरीले गत मंसिर २३ गते मोरङ मिक्लाजुङ गाउँपालिका १ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको अभियोग रहेको मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले इकागजलाई जानकारी दिए ।
‘केही दिनदेखि यहाँका उद्योगी व्यवसायीहरुलाई धम्क्याएर चन्दा उठाइरहेको भन्ने सूचना हामीलाई आएको थियो,’ खड्काले भने, ‘सोही सूचनाको आधारमा हाम्रो प्रहरी खटिएको थियो । हिजो उहाँ हतियारसहित चन्दा उठाउँदै हिँडेको थाहा पाएपछि घेरा हालेर नियन्त्रणमा लिइएको हो ।’
खड्काले उनी प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीका व्यक्ति भएको पनि जानकारी दिए । ‘उनी त प्रहरीको मोस्ट वान्टेड सूचीमै थिए । आफूलाई डिबी सिलवाल बताउने उनी मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याका मुख्य आरोपी पनि हुन् ।’ विकलाई हिजो (बुधबार) दिउँसो २ बजे मोरङ बुढीगंगा गाउँपालिका ४ बाट पक्राउ गरेको राईले जानकारी दिए । प्रहरीले विकको साथबाट एक थान पेस्तोल, ३ राउण्ड गोली, चार वटा मोबाइल र सिमकार्ड बरामद गरेको जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया