तापसीलाई लिएर फिल्म बनाउँदै अनुराग कश्यप

मुम्बई : अभिनेत्री तापसी पन्नुलाई लिएर दुई वर्ष अघि ‘मनमर्जियाँ’ बनाएका अनुराग कश्यपले फेरि एक पटक तापसीसँग काम गर्ने भएका छन् । अनुराग अहिले फिल्मको लोकेसन हेर्न तापसीलाई लिएर गोवा पुगेका छन् ।
प्रेमकथा विधामा बनेको ‘मनमर्जियाँ’ले व्यवसायिक सफलता हात नपारे पनि धेरैले यो फिल्म मन पराएका थिए । तर, अब बन्न लागेको फिल्म भने प्रेमकथा नभइ ‘साइफाइ’ हुनेछ । महामारी अघि यो फिल्मको सुटिङ थाइल्यान्ड र मरिससमा गर्ने योजना थियो तर महामारीपछि अनुरागले यो फिल्मको सुटिङ गोवामा गर्ने योजना बनाएका छन् ।
तापसी अहिले गोवामा नै ‘लुप लपेटा’को सुटिङ गरिरहेकी छिन् । तापसी गोवामा नै भएको मौका पारेर अनुराग लोकेसन रेकी गर्न गोवा पुगेका छन् ।
अनुराग हालसालै अनिल कपुरसँग ‘एके भर्सेज एके’ फिल्ममा देखिएका थिए भने तापसीले पनि ‘रश्मि रकेट’को सुटिङ सकाएकी थिइन् । ‘मनमर्जियाँ’मा अभिषेक बच्चन र विकी कौशलको अभिनय थियो । नयाँ फिल्ममा भने पुरुष कलाकार को रहने टुंगो लागेको छैन ।

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ बाट पनि

कस्तो छ हाउसफुलः ५ ?

दुई हप्तामा नै राजकुमार रावको ‘भुल चुक माफ’ ओटिटीमा रिलिज

आमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

पठानका निर्देशकले अक्षय कुमारसँग हरर फिल्म बनाउने

अन्ततः पिके २ मा रणवीर कपुर एलियनको भुमिकामा देखिने पक्का

प्रतिक्रिया