सिनेमा हलले पाएनन् विद्युत महसुलमा छुट

काठमाडौं : सरकारले बुधबार साँझ कोराना प्रभावित ५८ वटा उद्योगलाई विद्युत डिमान्ड शुल्कमा छुट दिने निर्णय गरेको छ । तर, यो सूचीमा सरकारले सिनेमा घरलाई भने सामेल गरेको छैन । जबकि सिनेमा घरले लामो समयदेखि सरकारलाई विद्युत डिमान्ड शुल्कमा छुट दिनुपर्ने माग गर्दै आइरहेका थिए ।
सरकारले आर्थिक २०७७ र०७८ को बजेटमा विभिन्न वर्गका उपभोक्ता (ग्राहक) हरुको कोभिड–१९ को लक डाउन अवधिको विद्युत महसुल डिमान्ड शुल्क र विद्युत माग कम हुने समयको खपतमा छुट दिने उल्लेख थियो ।
यही घोषणा अनुसार सरकारले लक डाउन अवधि २०७६ चैतदेखि २०७७ असारसम्मको महसुल डिमान्ड शुल्क छुट पाउने भएका हुन् । नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले सरकारले आफूहरूलाई आश्वासन दिएर पनि धोका दिएको बताए ।
‘हामीसँगको कुराकानीमा सञ्चार मन्त्रालयदेखि अर्थ मन्त्रालयसम्म सकारात्मक भएको जवाफ दिन्थे तर अन्त्यमा हाम्रो मागको सुनुवाइ भएन,’ प्रधानले भने, ‘ फेरि एक चोटि कुरा गर्छौं । अरु त के भन्नु खै ।’ हल सञ्चालकले सरकारसँग विद्युत डिमान्ड शुल्क बाहेक बैंकको ब्याज र आयकरमा छुटको माग राख्दै आएका थिए ।
यसमध्ये बैंक ब्याजको माग सम्बोधन भए पनि सरकारले बाँकी मागको सुनुवाइ गरेको छैन । हल सञ्चालकले हल खुलेपछि पनि हललाई कम्तीमा दुई वर्षसम्म ट्याक्स फ्री गर्नु पर्ने माग राखेका छन् ।
दर्शक बोलाउने छैन योजना
माघ १ देखि सरकारले हल खोल्ने अनुमति दियो । एकाध नयाँ फिल्म पनि रिलिज भए । तर, रिलिज भएका फिल्ममा दर्शक छैनन् । तर, दर्शक कसरी बोलाउने हल सञ्चालकबीच चिन्ताको विषय छ । संघका अध्यक्ष मधुसुदन प्रधान कसरी दर्शक बोलाउने आफूहरू अनभिज्ञ रहेको बताउँछन् ।
‘ठूलो फिल्म रिलिज गर्नुको विकल्प छैन । तर, त्यो कसले र कसरी गर्ने हामी पनि अन्योलमा छौं,’ प्रधानले भने, ‘ फागुन चैतदेखि निर्माता तात्नु होला कि ?’ माघ १ गतेबाट नेपाली फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ वा ‘मास्टर’ तमिल फिल्म ‘मास्टर’ र अंग्रेजी फिल्म ‘मन्स्टर हन्टर’ रिलिज भएका छन् । तर, कुनै पनि फिल्मले पुग्दो दर्शक पाएका छैनन् ।

नयाँ वर्षमा त्रिसारा आफ्नो ब्याण्ड लिएर अष्ट्रेलियाको चार सहर घुम्दै

अदालतले जारी गर्यो मलाइकामाथि जमानत वारेन्ट

जब हुनेवाला ससुरा आफ्नो पुर्व प्रेमी परे पछि

शाहरूखको नयाँ अपार्टमेन्टको भाडा ८.६ करोड, छिमेकीमा अमिर खान

एम्पुरान बन्यो सबैभन्दा बढी कमाउने मलयालम फिल्म

हेमन्त शिशिरको 'बन्द कोठाको झ्याल' सार्वजनिक, शेरचनलाई विश्वज्योति काव्य सम्मान

‘अञ्जिला’को गीत ‘यो देशको झण्डा’ सार्वजनिक, निर्देशकले चाम्सले मागे ‘स्पोर्ट्स ए…

प्रतिक्रिया