२४०० अंक नजिक पुग्यो नेप्से
साताको अन्तिम कारोबारमा ३१ अंकले बढ्यो सेयर बजार, कारोबार रकम ८ अर्ब नजिक

काठमाडौं : साताको अन्तिम कारोबारमा पनि सेयर बजार सूचक नेप्से परिसूचक २ हजार ४ सय अंक नजिक पुगेको छ । ३१ अंकले बढेर नेप्से २३ सय ७४ दशमलव ६४ बिन्दूमा पुग्यो । यो वृद्धि १ दशमलव ३६ प्रतिशत हो ।
कोभिड-१९ का कारण समग्र लगानीका क्षेत्र प्रभावित भएपछि सेयर बजारमा लगानीकर्ताहरू झुम्मिएका छन् । बैंकमा अधिक तरलता थुप्रिने र रेमिट्यान्सको आप्रवाह निरन्तर बढी रहेको अवस्थामा लगानीका क्षेत्रहरू तंग्रिन सकेका छैनन् । यस्तोमा लगानीकर्ताहरू आफुसँग भएका पैसा सेयर बजारमा लगाइरहेको विश्लेषकहरू बताउँछन् ।
बैंकिङ र म्युचुअल फन्डबाहेक सबै समूहको परिसूचक बढेको छ । निर्जीवन बीमा र जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण उल्लेखनीय देखिएको छ । निर्जीवन बीमा झन्डै ५ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स समूहमा ४ प्रतिशतको वृद्धि छ । त्यसबाहेक जलविद्युत क्षेत्रमा ३.७७ प्रतिशतको वृद्धि भएको छ । फाइनान्स र जीवन बीमा समूहका परिसूचक २ प्रतिशतभन्दा बढी अंकले वृद्धि भएका छन् ।
बैंकिङ समूहमा भने ३.८३ अंकले गिरावट आएको छ ।
कारोबार रकम झन्डै ८ अर्ब रुपैयाँ
बिहीबार कारोबार रकम ७ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । ६९ हजार ३ सय ३३ पटकमा १ करोड ८१ लाख कित्ता सेयर कारोबार भएका छन् ।
कारोबार बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी हो । नेपाल लाइफको ५३ करोड ३३ लाख रुपैयाँ बराबर कारोबार भएको छ । यसको अन्तिम कारोबार मूल्य प्रति कित्ता दुई हजार ९ सय ८ रुपैयाँ पुगेको छ । त्यसबाहेक पुनर्बीमा कम्पनी, प्रभु बैंक, नेपाल टेलिकम, एनआइसी एशिया बैंक लगायतका कम्पनीको उच्च कारोबार भएको छ ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

अब नयाँ बानेश्वरमा पनि एचसी आरसी इजुकेशन हब

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित…

एक हप्ता लामो उत्सव र उत्साहजनक सहभागितासँगै यामाहा ब्लू फेस्ट सफलतापूर्वक सम्प…

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ…

शुक्रबारको भाउमा सुनचाँदीको मुल्य

विश्वभरिका नेपाली सेफहरू एकजुट, अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरु…

प्रतिक्रिया