हत्या आरोपी ९ वर्षपछि पक्राउ

जनकपुरधाम : हत्या आरोपमा फरार रहेका एक अभियुक्तलाई सिरहा प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ (साविकको भरतपुर गाविस–८)बस्ने ३४ वर्षीय जागेश्वर यादव रहेको सिराहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।
यादवले २०६८ साल भदौ २९ गते सिरहाको तत्कालीन धनगढी गाविस ९ बस्ने श्रीप्रसाद साह सोनारको गोली हानी हत्यागरी फरार भएको अभियाेग छ। मोटरसाइकल चढेर धनुषाका तत्कालीन भरतपुर गाविसस्थित वीरेन्द्र बजारमा फुटबल खेल्न आएका सोनारलाई यादवसहितकाे समूहले गोली प्रहार गरेर हत्यागरी शव बालुवाखोलाको काटा झारीमा फ्याँकेका थिए ।
उनीहरूले सोनारको हत्या गरेपछि मोटरसाइकल, नगद २५ हजार, सुनको औंठी, सिक्री, चाँदीको ब्रासलेट एक थान मोबाइलसमेत लुटेर फरार भएका थिए । हत्यापछि मृतककी पत्नी शकुन्तला थापाले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएकी थिइन् ।
यादवलाई बुधबार साँझ इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले मिर्चैया नगरपालिका ३ बाट पक्राउ गरेको प्रवक्ता शर्माले बताए । पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि धनुषा प्रहरीको जिम्मा लगाइएको उनले बताएका छन् ।
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर

पर्सामा तीन लाख ५१ हजार ६२८ मतदाताको नाम अद्यावधिक

नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू

‘हाम्रो माया घर’ निर्माणले गति लियो

मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

पानीमा डुबेर दुई बालकको मृत्यु

ट्युवेलमा पानी खान जाँदा करेन्ट लागेर पुजारीको मृत्यु

प्रतिक्रिया