थपिए ३३६ कोभिड-१९ संक्रमित, चार जनाको मृत्यु

काठमाडौँ : पछिल्लो २४ घण्टामा तीन सय ३६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । पाँच हजार ३० जनामा पीसीआर परीक्षण गर्दा यती संख्यामा संक्रमण देखिएको हो ।
यो सँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ६७ हजार ६ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल तीन हजार ७ सय ९९ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घन्टामा चार जना कोभिड संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ७९ जना पुगेको छ ।
मन्त्रालयका अनुसार बिहीबार दुई सय २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै दुई लाख ६२ हजार ८ सय ६८ जना संक्रमणमुक्त भएका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया