राष्ट्रिय महिला लिगः बिराटनगर र वालिङले बराबरी खेले

काठमाडौँ :राष्ट्रिय महिला फुटबल लिगमा बिहीबारको दोस्रो खेलमा बिराटनगर महानगरपालिका र वालिङ नगरपालिकाबीचको खेल १-१ गोलको बराबरीमा सकिएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा वालिङले सुरुवाती अग्रता जोगाउन नसक्दा खेल बराबरीमा टुङ्गियो ।
लिगको दोस्रो दिनको खेलमा वालिङले सम्झना शर्माले दोस्रो मिनेटमै गरेको गोलले अग्रता लिएको थियो । तर भारतीय खेलाडी आशा कुमारीले दोस्रो हाफको ६८ औ मिनेटमा फ्रिकिक मार्फत गोल फर्काएपछि बिराटनगर खेलमा फर्कियो । शुक्रबार लिगमा नेपाल पुलिस क्लबले चौदण्डी गढी नगरपालिकाको चुनौती सामना गर्दैछ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया