शुक्रबार ०५ बैशाख, २०८२
Friday, April 18, 2025

बर्नलीसँग पनि हार्‍यो लिभरपुल

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल बर्नलीसँग पनि हारेको छ । बिहीबार राती भएको खेलमा लिभरपुल बर्नलीसँग १-० गोल अन्तरले पराजित भएको हो । बर्नलीका लागि एश्ली बेर्नले खेलको ८३ औँ मिनेटमा पेनाल्टीमा गोल गरे ।

यो हारले लिभरपुललाई उपाधि होडमा धक्का लागेको छ । १९ खेलबाट ३४ अंक जोडेको लिभरपुल चौथो स्थानमा छ । शीर्ष स्थानको म्यानचेष्टर युनाईटेडसँग ६ अंकले पछि परेको लिभरपुलले पछिल्ला खेलमा लगातार खराब प्रदर्शन गरिरहेको छ । 

एक खेल कम खेलेको बर्नली भने १९ अंकसहित १६ औँ स्थानमा छ ।