आगामी दिनमा कोभिडको समस्या थप बढ्छ : डब्लुएचओ

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड १९ को समस्या थप बढ्ने जनाएको छ । डब्लुएचओका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९ को समस्या बढ्दै जाने चेतावनी दिएको सिन्ह्वाले जनाएको छ । सिन्ह्वाका अनुसार उनले सबै मुलुकहरुलाई यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउन उनले सुझाव दिएका छन् ।
‘विश्वमा कोभिड १९ को समस्या हल भइसकेको छैन । कैयन मुलुकमा त यसको प्रभाव बढ्दै गएको छ । आगामी महिनाहरुमा थप संक्रमण बढ्ने देखिन्छ,’ महानिर्देशक गेब्रेयसलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ, ‘विश्वका कतिपय मुलुकमा बढ्दो मात्रामा देखिएको महामारी हेर्दा पनि आगामी दिनहरु थप समस्यग्रस्त हुनसक्ने छ । अहिले हामी महामारीको निकै समस्याको अवस्थामा छौँ । हरेक मुलुक यसमा सचेत रहन आवश्यक छ ।’
उनले एक भर्चुअल बैठकमा सम्बोधन गर्ने क्रममा यस्ता धारणा राखेका हुन । कतिपय मुलुकमा यो समस्या अझै बढ्दै गएको र ति मुलुकका नागरिकले अहिले पनि निकै समस्या भोग्दै ज्यान समेत गुमाइरहेको पनि उनले बताए ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले पनि हाल विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको, विश्वका कैयन मुलुकले अकल्पनीय रुपमा समस्याहरुको सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए ।
विश्वका कैयन मुलुकका सीमा बन्द गरेका कारण नागरिकको एक ठाउँबाट अर्काे ठाउँमा आवत जावतमा समेत ठूलो समस्या भइरहेको र आर्थिक गतिविधि सुन्यमा झर्दै गएको विषयमा राष्ट्रसंघ थप गम्भिर भएको गुटेरसले जनाएका थिए । उनले सुरक्षाका मापदण्डहरु अपनाएर यी समस्याको समाधान निकाल्न सबै सदस्य मुलुकलाई आग्रह गर्दै आएका छन् ।
कोभिड १९ को महामारीले विश्वभर नै आर्थिक मन्दीको अवस्था आउनसक्ने सन्देश दिंदै सदस्य मुलुकहरुले उक्त विषयमा सोच्न महासचिव गुटेरसले आग्रह गरे लगत्तै डब्लुएचओ महानिर्देशकले कोभिड १९ को समस्या विश्वभर थप बढ्ने जनाएका हुन । उनको यो धारणाले विश्वक ाजनता थप आक्रान्त बनेका छन । (सिन्ह्वाको सहयोगमा)

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ३२ जनाको मृत्यु
तीव्र हावाहुरीले उत्तर चीन प्रभावित : सयौँ उडान रद्द, पार्क र रेल सेवा स्थगित
चीनको नयाँ उपलब्धि : विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार

जब प्रेमीले सुटकेशभित्र हालेर ब्वाइज होस्टेलमा प्रेमिका ल्याए

दर्ता नगरी अमेरिकामा ३० दिनभन्दा बढी बस्ने बिदेशी नागरिकलाई सजाय हुने

टर्कीएमा थप ९३ प्रदर्शनकारी विद्यार्थी रिहा

प्रतिक्रिया