प्रधानमन्त्रीले रअ प्रमुखसँग भेटेकोप्रति नागरिक समूहको आपत्ति

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलसँग कूटनीतिक मर्यादाविपरीत भेट गरेको भन्दै नागरिक समूहले आपत्ति जनाएको छ।
२३ जना नागरिक अगुवाले शनिवार एक अपिल जारी गर्दै विदेशी जासुसी विभागका प्रमुखलाई प्रधानमन्त्रीले रातिमा आफ्नै सरकारी निवासमा भेट्नु कुनै पनि अर्थमा जायज मान्न नसक्ने टिप्पणी गरेका छन् । कोभिड महामारी र अन्तर्राष्ट्रिय उडान समेत बन्द रहेको अवस्थामा गोयलको नेपाल आगमन र प्रधानमन्त्रसँगको गोप्य भेटले आम नागरिकलाई चिन्तित बनाएको उनीहरूको भनाइ छ।
‘कोरोना महामारीको तीव्र विस्तारको चपेटामा परेको र अन्तर्राष्ट्रिय उडान बन्द रहेको अवस्थामा विशेष विमानबाट रहस्यमय ढङ्गले नेपालमा आगमन, कुटनैतिक माध्यम र मर्यादाको पुर्ण बेवास्ता गरी प्रधानमन्त्री आफैले मध्यरातसम्म गोप्य रुपमा लामो कुरा गरेकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ।’ अपीलमा भनिएको छ, ‘सरकारको लापरवाहीपूर्ण कार्यशैलीले आम नागरिकलाई चिन्तित बनाएको छ।’
विवादास्पद भूमिकामा रहिआएको संस्थाका प्रमुखसँग अन्य कुनै पदाधिकारी वा नेताबाट गैरकूटनीतिक भेटघाट भएमा त्यस्ता गतिविधिलाई निरूत्साहित र नियन्त्रित गर्नुपर्नेमा प्रधानमन्त्री आफैंले जारी गरेको कूटनीतिक आचारसंहिता विपरीत भेटघाट गरेको नागरिक अगुवाको ठहर छ।
प्रचलित कूटनीतिक अभ्यासको उल्लङ्घन र नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानको अपमान गरिएको यो भ्रमणले यस्ता थुप्रै गम्भीर प्रश्न उठाएको नागरिक समूहकाे दाबी छ।
अपीलमा अगाडि भनिएको छ, ‘रअ’ प्रमुखको यो भ्रमणको एजेण्डा के थियो, कसले आमन्त्रण गरेको थियो या कुनै आमन्त्रण बिनाको उनको आगमन हो, प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरिएको हो भने सारभूत वार्ता को-को सँग र कुन-कुन विषयमा गरियो, प्रचलित कूटनीतिक कार्यविधि अनुसारको कूटनीतिक पदाधिकारीसँग भेट गर्न किन उपयुक्त ठानिएन र गुप्तचर निकायसँग नेपालले एकदमै अपर्झट कुरा गर्नु पर्ने विषय के थियो भन्ने जस्ता गम्भीर प्रश्नहरू अनुत्तरित रहेकाले भ्रमण रहस्यमय छ।’
प्रधानमन्त्रीले बुधबार राति रअका प्रमुख गोयलसँग बालुवाटारमा भेटवार्ता गरेका थिए ।

संसद्को अवरोध चाँडै हट्ने छः सञ्चारमन्त्री गुरूङ

अख्तियारको निर्णयविरुद्ध एकीकृत समाजवादी कानुनी उपचारमा जाने

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्लास्टिक प्रदूषण नियन्त्रण गर्नु सबैको दायित्व हो : राज्यमन्त्री विक

व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले योजना बनाएको छ : उपप्रधानमन्त्री सिंह

‘जलवायु परिवर्तनले हाम्रो हिमशृङ्खला जोखिममा परेको छ’

घरघरमा टेलिभिजन हेर्न सकिनेगरी फोरजी सेवा सञ्चालन गर्दैछौँ: मन्त्री गुरुङ

प्रतिक्रिया