उमेर बिर्साउने सलमाको एक्सन

लसएन्जल्स : सलमा हायक ५४ वर्षकी भइन् । तर, आफूले आफ्नो उमेर बिर्साउने गरी एक्सन गरेको सलमा स्वयंले बताएकी छिन् । उनले इन्स्टामा फिल्म ‘ दि हिटमेन्स वाइभ्स बडीगार्ड’को तस्बिर राख्दै यस्तो दाबी गरेकी हुन् ।
‘कसैलाई पनि तँ बुढो भइस् भन्ने मौका नदिनुस् । समरका लागि तयार हुनुस् जहाँ ५४ वर्षकी मैले अहिलेसम्म उत्कृष्ट स्टन्ट गरेकी छु,’ उनले इन्स्टा पोस्टमा बिहीबार लेखेकी छिन् ।
सन् २०१७ मा रिलिज भएको दि हिटमेन्स बडीगार्ड’को सिक्वेल यो फिल्ममा सलमा एन्टोनियो बेन्डेरस, रायन रेनोल्डस्, मार्गान फ्रिमेन आदि कलाकारसँग देखिनेछिन् ।
यो फिल्म प िनगत सालको अगस्टमा नै रिलिज गर्ने तयारी थियो । तर, कोरोना महामारीका कारण रिलिज हुन सकेन ।
अब भने यो फिल्म यो सालकै अगस्टमा रिलिज गर्ने तयारी छ । योबाहेक सलमालाई यो साल दर्शकले क्लोइ झाओको निर्देशनमा बनेको ‘इटर्नल्स’मा देख्नेछन् । यो फिल्ममा सलमा हायकसँगै एन्जोलिना जोली पनि देखिनेछिन् ।

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

प्रतिक्रिया