कञ्चनपुरमा एकै दिन तीन जना मृत फेला

धनगढी : कञ्चनपुरमा तीन जना मृत फेला परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका–४, भीमदत्त नगरपालिका–१८ र वेदकोट नगरपालिका–२ मा एक/एक जना पुरुष मृत फेला परेका हुन् ।
पुनर्वास नगरपालिका–४ को घ गाउँमा रहेको महादुर्गा टाटा इँटा भट्टामा कार्यरत ७१ वर्षीय किसुन सरोज मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । उनकाअनुसार राति सुतेका भारतको प्रतापगढ जिल्लाको नवहता ग्राम घर भएका सरोज बिहान मृत अवस्थामा भेटिएका हुन् ।
यस्तै भीमदत्त नगरपालिका–१८ को पत्थरपुरमा २५ वर्षीय रमेश चौधरी पनि मृत भेटिएका छन् । चौधरी आफू सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी नायब उपरीक्षक थापाले बताए । यस्तै जिल्लाको वेदकोट नगरपालिका–२ मा ससुराली गएका युवक मृत भेटिएका छन् ।
जिल्लाको वेदकोट नगरपालिका–३ का ३० वर्षीय लक्ष्मण दमाइको ससुराली गएका बेला मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले वेदकोट नगरपालिका–२ मा रहेका ससुराली घरको आगनमा लडेका दमाइको मृत्यु भएको हो ।
थापाकाअनुसार सासुआमा बिरामी भएकाले श्रीमती बिनता दमाइसँगै भेटघाट गर्न गएका उनको मृत्यु भएको हो । मदिरा समेत सेवन गर्दै आएका श्रीमानलाई ससुरालीमै छोडेर श्रीमती बिनता भने बिहीबार बिहान नै घरतर्फ हिडेकी थिइन् । तीनै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
_JWCEZT7Km1_rrqi8tk3zkgqlknaxqqn0r9ovakdepaabie62k1duhgpnltyevd0lpqgu7jt_LVnM0FQvFf_ovulwcw85xb5dl9lri0qcgviglu8w5qct5ywrfnps60szh1eshgrio9oqb0e.jpg)
९७ वर्षमा नागरिकता

प्रतिक्रिया