जिदान तत्काल बर्खास्त नहुने
काठमाडौँ :‘कोपा डेल रे’ मा स्पेनी तेस्रो श्रेणीको अल्कोयानोसँग रियल म्याड्रिडले अप्रत्याशित पराजय भोगेपछि दबाबमा रहेका जिनेदिन जिदान तत्कालका लागि बर्खास्तीमा नपर्ने बताइएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यम गोल डट कमले रियलले आफ्ना प्रशिक्षक हटाउने बारेमा नसोचेको दाबी गरेको छ ।
बुधबार १० खेलाडीमा सिमित रहेको अल्कोयानोबाट हार ब्यहोरेपछि जिदान बर्खास्तीमा पर्न सक्ने अनुमान भइरहेको बेला गोल डट कमले फ्रेन्च प्रशिक्षक रियलमै रहने लेखेको छ । स्पेनी लिगामा दोस्रो स्थानमा रहेको रियल घरेलु कपबाट बाहिरिएपछि जारी सिजनमा उपाधिबाट विमुख हुने सम्भावना बढेको छ । त्यसकारण जिदान दबाबमा छन् । तर दबाबमा रहे पनि जिदानले विगतमा हासिल गरेका सफलताका कारण उनी सजिलै क्लबबाट बर्खास्तीमा नपर्ने गोलडटकमको रिपोर्टमा उल्लेख छ ।
लिगमा शीर्षस्थानमा रहेको एथलेटिको म्याड्रिडको भन्दा दुई खेल कम खेले पनि रियल सहरी प्रतिद्वन्द्वी भन्दा चार अंकले पछाडि छ । च्याम्पियन्स लिगमा समेत खासै राम्रो प्रदर्शन गर्न नसकेको रियलले प्रशिक्षक परिवर्तन गर्नुपर्ने माग उठिरहेको छ ।
दुई ला लिगा र तीन च्याम्पियन्स लिग जिताएका जिदानलाई बर्खास्त गर्ने भन्दा पनि उनलाई समय दिने मनस्थितीमा फ्लोरेन्टिनो पेरेज रहेको बताइएको छ । त्यसो त जिदान आफैले पनि टिमको प्रदर्शनमा सुधार नआए थप दबाब भोग्नुपर्ने तथ्यसँग सहमत छन् । कमजोर विपक्षी अल्कोयानोसँग पराजय भोगेपछि पत्रकारहरुसँग कुरा गर्दै जिदानले हारको जिम्मेवार आफुले लिने बताएका थिए ।
एक महिना अघि च्याम्पियन्स लिगमा शाख्तर डोनेस्कसँग पराजित भएपछि दबाब झेलेका जिदानले त्यसपछिका खेलहरुमा जित दिलाउँदै आफ्नो कुर्सी बचाएका थिए । शाख्तरसँग हार ब्यहोरेपछि लगातार ६ खेलमा जित निकालेको रियलले च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गर्दै लिग तालिकामा समेत सुधार गरेको थियो । शुक्रबार लिगमा अलाभेसको सामना गर्दा जिदानले पुनः एक पटक रियलको लय सुधार गर्ने मौका पाउनेछन् ।

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया