शुक्रबार ०५ बैशाख, २०८२
Friday, April 18, 2025

लिभरपुलले हार्नु मेरो गल्ती : योर्गेन क्लप

काठमाडौँ : लिभरपुल प्रशिक्षक यार्गेन क्लपले बर्नलीसँगको हारको जिम्मेवारी लिने बताएका छन् । प्रिमियर लिगमा शुक्रबार बर्नलीसँगको १-० ले पराजित भएपछि निराश बनेका क्लपले खेल हार्नु आफ्नो गल्ती भएको प्रतिक्रिया दिए ।

‘झट्ट सुन्दा बर्नलीसँग हारेको कुरा अपत्यारिलो लाग्न सक्छ । तर हामी यो खेल हार्‍यौ । खेल हार्नुको कारण म हो । मैले खेलाडीहरुलाई आत्मविश्वास दिन सकिन । बनाएको रणनीतिले काम गरेन,’ कलपले भने । एनफिल्डमा ६८ खेलमा अपराजित रहेको लिभरपुललाई हराउन बर्नलीका आस्ले ब्रान्सले पेनाल्टीमा गोल गरे । पराजयसँगै लिभरपुलको लिग लिडर म्यानचेस्टर युननाइटेडसँगको दुरी ६ अंकमा पुगेको छ ।

लिभरपुलले खेललाई पूर्णरुपमा नियन्त्रणमा राखेर २७ पटक आक्रमण बुने पनि गोल गर्न सकेन । गत सिजन लिग उपाधि जितेको लिभरपुलले अंग्रेजी नयाँ वर्षमा गोल गरेको छैन । लगातार पाँच खेलमा गोल गर्न सकेको छैन ।  
‘हामीले पर्याप्त मौका सिर्जना गरेको हो । तर फाइनल थर्डमा हामी कमजोर देखियौं । मैले गत साता पनि भनेको हो, हामीले निर्णयक क्षणमा चाल्ने कदम परिपकव हुन आवश्यक छ,’ क्लपले भने ।

कप्तान जोर्डन हेन्डरसन, मोहम्मद सलाह र रार्बटो फिरमिन्हो बिनाको पहिलो एघार चयन गरेको लिभरपुल बर्नलीको रक्षात्मक रणनीतिका अगाडि कमजोर देखियो । ‘बर्नली जस्तो रक्षात्मक खेल खेल्ने टिमसँग भिड्‌द्द सधैं ग्राहे नै हुन्छ । हामीले खेलमा पहिलो गोल गर्न सकेनौं । जसको कारण बर्नलीमा आत्मविश्वास आयो’ क्लपको भनाई थियो ।