महिला लिगः पुलिसको पहिलो जित

काठमाडौँ : काठमाडौँमा जारी राष्ट्रिय महिला फुटबल लिगमा नेपाल पुलिस क्लबले पहिलो जित दर्ता गरेको छ । लिगको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबसँग बराबरी खेलेको पुलिसले शुक्रबार चौदण्डीगढी नगरपालिकालाई ६–० ले पराजित गर्याे ।
सातदाबाटोस्थित एन्फा मैदानमा सम्पन्न खेलमा पुलिसका लागि रेखा पौडेल र सिर्जना खड्काले दुई–दुई गोल गरे । त्यस्तै, अमृता जैसी र निर्मला विकले समान एक–एक गोल गरे ।
जितपछि पुलिसका प्रशिक्षक सन्जिव जोशीले नयाँ खेलाडीहरुले टिमका लागि राम्रो प्रदर्शन गरेको प्रतिक्रिया दिए । ‘अवश्य पनि जितले हामीलाई उत्साहित बनाएको छ । हामीले आज बेन्चको पूर्ण उपयोग गर्याै । नयाँ खेलाडीहरुले समेत राम्रो खेले ।’ जोशीले भने ।
खेलमा रेखा पौडेलले पुलिसलाई २८ औ मिनेटमा अग्रता दिलाइन् । अमृता जैसीले ४१ औ मिनेटमा पुलिसको अग्रता दोब्बर बनाइन । त्यस्तै निर्मला विकले पहिलो हाफको अन्त्यमा पुलिसको अग्रता ३–० बनाइन् । दोस्रो हाफमा सिर्जना खड्काले दुई गोल गरिन् भने पौडेलले ब्यक्तिगत दोस्रो गोल गरिन् ।
उता पराजित चौदण्डीगढीका प्रशिशक्षक दिपक थापाले हारका बाबजुद पनि सन्तुष्टि ब्यक्त गरे । ‘हाम्रो खेलाडीहरुसँग कम अनुभव छ । त्यसकारण पुलिस जस्तो टिमसँग हार्नु स्वभाविक हो । हारमा पनि सकरात्मक हुनुपर्ने जरुरी छ । हामीले राष्ट्रिय लिगमा सहभागी हुन मौका पाउनु नै ठूलो कुरा हो ।’ थापाको भनाई थियो ।

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया