‘लिभरपुलका फरवार्डहरूले आलोचना सहनुपर्छ’

काठमाडौँ : लिभरपुल प्रिमियर लिगमा लगातार पाँच खेलमा जितविहिन छ । अंग्रेजी नयाँ वर्षमा तीन खेलमध्ये दुईमा पराजय भोगेको छ भने एक गोल पनि गर्न सकेको छैन । गत सिजन लिग जितेको लिभरपुलका स्टार फरवार्डहरू फिक्का देखिएका छन् । गोल गर्नमा चुकिरहेका छन् ।
मोहम्मद सलाहले पछिल्ला पाँच लिग खेलमा न त गोल गरेका छन्, न त असिस्ट नै दर्ता गरेका छन् । रोर्बटो फिरमिन्होको हालत पनि फरक छैन । गत डिसेम्बरमा क्रिस्टल प्यालेसविरुद्ध दुई गोल गरेका ब्राजिलियन स्ट्राइकरले त्यसयता कुनै पनि खेलमा गोल वा असिस्टको योगदान गरेका छैनन् ।
लिभरपुलका लागि कठिन समयमा गोल गर्ने साडियो माने पनि लगातार चुकिरहेका छन् । वेस्टब्रुमसँगको बराबरीमा गोल गरेको मानेले पछिल्ला चार खेलमा गोलको खुशीयाली मनाउन पाएका छन् ।
लिभरपुलको पछिल्ला सफलतामा महत्वपूर्ण साबित भएका फरवार्डहरू सुस्ताउँदा उनीहरूको आलोचना हुन थालेको छ । गोल गर्न सजिला मौका गुमाइरहेका उनीहरू बिहीबार बर्नलीविरुद्धको खेलमा पनि कमजोर देखिए ।
यसै विषयमा लिभरपुुलका पूर्व खेलाडी जोन अल्ड्रिजको भनाई सार्वजनिक भएको छ । सन् ८० को दशकमा लिभरपुलका लागि ८३ खेलमा ५३ गोल गरेका अल्ड्रिजले लिभरपुलका स्टार फरवार्डहरूले आलोचना सहनुपर्ने प्रतिक्रिया दिएका हुन् ।
‘लिभरपुलको अग्रपंक्तिमा खेल्ने तीन खेलाडीहरूले आलोचना भोगिरहेका छन् । उनीहरूलाई आलोचना गर्नु जायज छ । उनीहरूलाई लिभरपुलले गोल गर्नका लागि ठूलो रकम तलब स्वरुप तिरिरहेको छ । तर ती खेलाडीहरू आफ्नो काममा असफल हुँदै गइरहेका छन् ।’ अल्ड्रिजले स्थानिय लिभरपुल इकोसँगको अन्तवार्तामा भने ।
सबै खेलमा गोल गर्न नसके पनि सलाह, फिरमिन्हो र मानेले कमसेकम एक खेल बिराएर गोल गर्नुपर्ने धारणा राखे । ‘हामी लिभरपुलको रक्षापंक्तिको बारेमा चिन्नतित थियौं । बरु अग्रपंक्तिले खराब खेल देखाइरहेको छ । अग्रपंक्तिका खेलाडीहरूको आर्कषण नै हरायो' अल्ड्रिजको भनाई थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया