हल्याण्डले दुई गोल गर्दा पनि डर्टमुण्ड पराजित

काठमाडौं : जर्मन बुण्डेसलिगा फुटबलमा बोरुसिया डर्टमुण्ड पराजित भएको छ । शुक्रबार राती भएको खेलमा डर्टमुण्ड बोरुसिया मोन्चेग्लाबकसँग ४-२ गोल अन्तरले पराजित भएको हो । डर्टमुण्डका लागि एर्लिङ हाल्याण्डले दुई गोल गरेपनि टिमको हार टार्न सकेनन् ।
मोन्चेग्लाबकका निक एल्भिडले दुई तथा बेन्सबेनी र मार्कुस थुरुमले एक एक गोल गरे । जितपछि मोन्चेग्लाबक १८ खेलबाट ३१ अंक जोडेर चौथो स्थानमा उक्लिदा डर्टमुण्ड भने २९ अंकसहित पाँचौ स्थानमा धकेलिएको छ ।
बुण्डेसलिगामा बायर्न म्युनिक १७ खेलबाट ३९ अंकसहित शीर्ष स्थानमा छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया