शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

सांकेतिक तस्बिर

कावासोती : नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । कावासोती नगरपालिका-८, स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको हो । 

मृत्यु हुनेमा कावासोती नगरपालिका-३ बस्‍ने २४ वर्षीय हेमराज थापा र कावासोती-८ बस्‍ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक  दिलीप  गिरीले बताए । मोटरसाइकल अनियन्त्रित भई सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।