शुक्रबार २३ जेठ, २०८२
Friday, June 06, 2025

डा. भट्टराईको ‘परराष्ट्रका प्रशासक’ सार्वजनिक

काठमाडौँ : पूर्वपरराष्ट्रसचिव डा मदनकुमार भट्टराईद्वारा लिखित पुस्तक ‘परराष्ट्रका प्रशासक’ सार्वजनिक भएको छ । उनको यो दोस्रो पुस्तक (नेपालीमा लिखित दोस्रो) पुस्तक हो । साङ्ग्रिला पुस्तक प्रालिले प्रकाशन गरेको उक्त पुस्तकमा हालसम्म परराष्ट्र सचिव भएका २४ पूर्वसचिवले सम्पादन गरेको कामका साथमा उनीहरूको पारिवारिक अवस्थाका बारेमा उल्लेख गरिएको छ ।

पुस्तकमा मुन्सीहरूको प्रशासनिक दबदबाका विभिन्‍न पाटालाई उजागर गर्ने प्रयास भएको छ । सात सालपछिको राजनीतिक प्रणाली परिवर्तनपछि अहिलेसम्मका परराष्ट्र सचिवको काम र योगदानमा प्रत्यक्ष-परोक्ष प्रभाव पार्ने व्यक्तिलाई पनि पुस्तकको कथ्य बनाइएको छ । छिमेकी र अन्य राष्ट्रका विषयमा समेत पुस्तकले केही पक्ष समेटेको छ ।

सन् १९७७ को लोकसेवा आयोगका परीक्षामा पहिलो भएर निजामती सेवा प्रवेश गरेका डा भट्टराईले कूटनीतिक सेवामा झण्डै चार दशक बिताए । डा भट्टराई कूटनीतिक सेवाका क्रममा नयाँ दिल्लीमा उपनियोग प्रमुख, जर्मनी र जापानका लागि नेपाली आवासिय राजदूत, परराष्ट्र मन्त्रालयका प्रवक्ता, परराष्ट्र सचिव र राष्ट्रपति विद्यादेवी भण्डारीका विदेश मामिला एवम् कूटनीतिसम्बन्धी सल्लाहकारसमेत रहेर काम गरिसकेको अनुभव छ ।

अन्तरराष्ट्रिय सम्बन्धमा महाविद्यावारिधि गरेका भट्टराई यसअघि उनको नेपालीमा ‘परराष्ट्रका पात्र’ तथा अङ्ग्रेजीमा दुई पुस्तक प्रकाशन भइसकेका छन् । अघिल्लो कृति नेपालको परराष्ट्र मामिलाका विभिन्न कालखण्डमा रहेका मन्त्रीदेखि परराष्ट्र नीतिका सम्बन्धमा उल्लेख छ । 

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह