दोस्रो श्रेणीकाे लिगमा खेल्छु भन्ने कहिले सोचेको थिइन : ज्याक विलसियर

काठमाडौँ : ज्याक विलसियरलाई कुनैबेला आर्सनलको मात्रै होइन, इंगल्यान्डकै भविष्य मानिन्थ्यो । आर्सनललाई उपाधि जिताउन सकने स्तर भएको मिडफिल्डर मानिने विलसियर इमिरेट्समा त टिकेनन् नै प्रिमियर लिगबाट समेत टाढिए ।
आर्सनलबाट फ्रि एजेन्टका रुपमा लन्डनकै अर्को वेस्टह्याम पुगेका विलसियर अहिले बर्नमाउथमा छन् । हाल इंग्लिस फुटबलको दोस्रो श्रेणीको लिग खेलिरहेका विलसियर बर्नमाउथलाई पुनः प्रिमियर लिगमा बढुवा गराउने लक्ष्यमा छन् । गत अक्टोबरमा च्याम्पियन्सिप टोली बर्नमाउथसँग आबद्ध भएका विलसियरले दोस्रो श्रेणीको लिग खेल्न वेस्टह्यामबाट पाउने आकर्षक तलब छाडे ।
‘मैले १० वर्ष अघि च्याम्पियन्सीप खेल्ने बारेमा साचेको पनि थिएन । कसैले प्रस्ताव राखको भए म इन्कार गर्थे होला । तर अहिले म यही लिगमा आइपगेको छु । म बर्नमाउथलाई बढुवा गराउन सहयोग गर्न चाहान्छु । अहिलेका लागि मेरो लक्ष्य त्यही हो ।’ २९ वर्षिय विलसियरले भने ।
वेस्टह्याम छाडेपछि विलसियरलाई फुटबलबाट सन्यास लिन मन नलागेको होइन । तर त्यसपछि करिब तीन महिना क्लबविहिन रहेका उनलाई फुटबलले फेरी तान्यो । ‘वेस्टह्याम छाड्दा मलाई फुटबल खेल्न छाडौँ भन्ने विचार आयो । मैले फुटबलमा जे जती गर्न सकथे सबैथोक गरिभ्याए जस्तो लागेको थियो । मैले यो खेलबाट अथाह पैसा कमाएको पनि हो । तर तीन महिना मैदान बारिह रहँदा फुटबलसँग मेरो लगाब कस्तो छ भन्ने अनुभुति भयो । अनि म खेलमा फर्के,’ विलसियरले भने ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया