प्रहरीले ट्रान्सजेन्डरलाई कुटेकै हो त ? यस्तो छ प्रहरी र निलहिरा समाजको दाबी

काठमाडौँ : बिहीबार बेलुका साढे आठ बजे बाटोमा हिँड्ने व्यक्तिलाई हैरानी दिएको जनगुनासो आएपछि प्रहरी टोलीले १३ परलैङ्गिक (ट्रान्सजेन्डर)हरूलाई सोधपुछका लागि प्रहरी प्रभाग नयाँ बसपार्क लग्यो । सोधपुछका क्रममा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको भन्दै शुक्रबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एक प्रेश विज्ञप्ति सार्वजनिक गर्यो ।
विज्ञप्तिमा ड्युटीमा खटिएको प्रहरीमाथि हातपात गरी टेबुलको सिसा फुटाइको र त्यही सिसाले प्रहरीमाथि प्रहार गरी चोट पुर्याउन खोजिएको उल्लेख गरिएको छ । सो समुहले प्रहरी कार्यालय तोडफोड गर्नुका साथै ढुङ्गामुडा समेत गरेको प्रहरीले जनाएको छ । तर, निलहिरा समाजकी अध्यक्ष पिङ्की गुरुङले उनीहरूमाथि प्रहरीले ज्यादती गरेको बताउँछिन् ।
‘बिना गल्ती उनीहरूलाई समातेर कुटपिट गर्ने काम भएको छ,’ उनी भन्छिन्, ‘लाठी र बन्दुकको पछाडिपट्टीको भागले मरनासन्न हुनेगरी कुटिएको छ ।’ उनका अनुसार सञ्जु लामा र क्रिस्टिना कालीलाई टाउकोमा गहिरो चोट लागेको छ । उपचारका लागि उनीहरूलाई हालत ग्रिनसीटी अस्पतालमा राखिएको छ । तर, यता प्रहरीले आफूहरूले उनीहरूमाथि हातपात नगरेको बताएको छ ।
‘प्रहरीले हातपात नगरेको भए हाम्रा साथीहरू कसरी घाइते भए,’ अध्यक्ष गुरुङ भन्छिन्, ‘अस्पतालमा भेट्न जाँदा उनीहरूको जिउमा लौराको सुम्ला छ । टाउकोमा पाँच टाका लगाइएको छ । उनीहरू डराएर केही पनि बोल्न सकिरहेका छैनन् ।’
चौकीमा भएकालाई समेत टर्चर दिने काम भइरहेको उनी बताउँछिन् । ‘तिमीहरूलाई यत्तिकै छाड्दैनौँ’ भनेर ‘टर्चर’ दिने काम भइरहेको छ,’ उनी भन्छिन्, ‘बिनागल्ती यत्तिकै कसैलाई पनि सडकबाट उठाएर लैजान पाँइदैन । कि त प्रहरीको आवेदन खुल्दा तेस्रो लिङ्गीको कोटा राखिदिनुपर्यो । नत्र उनीहरूको पनि रोजीरोटीको सवाल छ ।’
यता, महानगरीय प्रहरी कार्यलय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रदिपकुमार श्रेष्ठले गल्ती नभएसम्म प्रहरीले कसैमाथि पनि हस्तक्षप नगर्ने बताउँछन् । ‘प्रहरीले कानुनले जे भन्छ त्यही गर्ने हो,’ उनी भन्छन्, ‘कसैले कानुनको उल्लङ्घन गर्छ भने त्यसलाई दण्डित गर्ने काम प्रहरीको हो । झडपमा उनीहरूलाई मात्र होइन प्रहरीलाई पनि चोटपटक लागेको छ ।’

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया