प्रिमियर लिगमा क्लबको संख्या घटाउनु पर्छ: पेप ग्वार्डिओला

काठमाडौँ : म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले प्रिमियर लिगमा क्लबको संख्या घटाउनु पर्ने धारणा ब्यक्त गरेका छन् । इंग्लिस फुटबलको स्तर बढाउन प्रिमियर लिगमा मात्रै होइन इंगल्यान्डको अन्य लिगमा पनि क्लबको संख्या घटाउनु पर्ने उनको सुझाब छ ।
युरोपका ठूला क्लबहरूले च्यामिपयन्स लिग जस्तै अर्को युरोपियन लिग गठन गर्न छलफल चलाइरहेको खबर आइरहँदा ग्वार्डिओलाको यस्तो भनाइ सार्वजनिक भएको हो । बेलायती अखबार दि टाइम्सका अनुसार १५ संस्थापक क्लब र अन्य पाँच क्लब गरी कुल २० क्लबको सहभागिता हुने लिगलाई च्याम्पियन्स लिगको विकल्पका रूपमा प्रस्तुत गरिनेछ । युरोपियन सुपर लिगमा सहभागी हुने क्लबहरूलाई दुई समूहमा विभाजन गरी १८ देखि २३ खेल खेलाइने बताइएको छ ।
तर ग्वार्डिओलाले भने युरोपियन सुपर लिगका बारेमा प्रतिक्रिया नदिई घरेलु संरचनालाई बलियो बनाउनु पर्ने मत राखे । ‘युरोपका सबै लिग बलियो बनाउनु पर्ने आवश्यकता छ । त्यसका लागि टिमको संख्या घटाउनु पर्छ । स्तरमा ध्यान दिनु पर्छ । तल्लो श्रेणीका लिगहरूको आफ्नै महत्व छ । तीनलाई बलियो बनाउँदै प्रिमियर लिगको स्तर थप मजबुत बनाउनु पर्छ,’ ग्वार्डिओलाले थपे ।
यसअघि नै फिफाले युरोपियन सुपर लिगमा सहभागि हुने क्लबहरूलाई कारबाहीको चेतावनी दिइसकेको छ । त्यस प्रतियोगिता खेल्ने खेलाडीहर"लाई समेत विश्वकप र युरोपियन चयाम्पियन्सिपमा भाग लिनबाट बन्देज लगाइने बताइएको छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया